२२ भदौ २०८३, सोमबार | September 7, 2026

हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित



काठमाडौं । हङकङ सिक्सेस अन्तर्गत नेपालले भारतविरुद्ध ऐतिहासिक जित निकालेको छ । आफ्नो तेस्रो खेलमा भारतलाई नेपालले ९२ रनको फराकिलो अन्तरले जित निकालेको हो ।

यो जित हङकङ सिक्सेस इतिहासमै सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि सबैभन्दा ठूलो रन अन्तरले गत वर्षको प्रतियोगितामा ओमानले इंग्ल्यान्डविरुद्ध निकालेको थियो । ओमानले इंग्ल्यान्डलाई ६७ रन अन्तरले हराएको थियो ।

भारतविरुद्ध नेपालको जितमा बसिर अहमदले २, रासिद खानले ३ र रुपेश सिंहले एक विकेट लिए । पहिला ब्याटिङ गरेको नेपालले विना विकेटको क्षतिमा ६ ओभरमा १३७ रन जोडेको थियो । रासिद खानले अर्धशतक बनाएर रिटार्ड हर्ट हुँदा सन्दीप जोराले ४७ रनमा अविजत रहे ।

खानले १८ बलमा ५५ रन बनाउँदा सन्दीपले १२ बलमा ४७ रन जोडे । यस्तै लोकेश बमले ३१ रन बनाए । यता भारतका लागि भारत चिप्ली र प्रियांक पांचाले १२/१२ रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । १३८ रनको लक्ष्य पछ्याउने क्रममा भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमै समेटियो ।

यस्तै आजैको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई ५४ रन अन्तरले हराएको छ । अफगानिस्तानले शुक्रबार दक्षिण अफ्रिकालाई ४९ रनले हराएको थियो ।

नेपालले अब नवौं स्थानका लागि भोलि बिहान ६ बजे खेल्दैछ । बटममा रहेर नेपालले बलको फाइनल जित्ने योजनामा रहेको छ । यसअघिका खेलमा नेपाल पहिलोमा अफगानिस्तान र दोस्रोमा आजै श्रीलंकासँग पराजित भएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ४ : १५ बजे

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको