२३ असार २०८३, मंगलबार | July 7, 2026

नयाँ सहर आयोजना : २० किमी सडक कालोपत्र



दमौली । नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालय स्थापनादेखि हालसम्म नयाँ सहर आयोजनाभित्र २० दशमलब ३ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो ।

कार्यालयले ३४ दशमलब ७८ किलोमिटर सडक ग्राभेल, २ दशमलब ७४ किलोमिटर ढलान, ४६ दशमलब ०२ किलोमिटर नाला निर्माण गरेको कार्यालय प्रमुख शान्ति शर्माले जानकारी दिइन ।

आन्तरिक बसाइसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरी दश नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरुप विसं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्न तनहुँमा साविकको भानु गाविस-१, २, ३, ४ र साविकको बन्दीपुर गाविस-१, २, ३ र ४ समेटी आर्थिक वर्ष २०७२/७३ बाट नयाँ सहर आयोजना डुम्रे भन्सारको सुरुवात भएको हो ।

शर्माका अनुसार गत आर्थिक वर्षमा १ दशमलब ५ किलोमिटर ढलान र १ दशमलब ४ किलोमिटर नाला निर्माण गरिएको छ । सडक ग्राभेल र सडक कालोपत्रको काम उक्त आर्थिक वर्षमा नभएको उनले बताइन ।

आर्थिक वर्ष २०८०/८१ मा ० दशमलब ७८ किलोमिटर सडक ग्राभेल, १ दशमलब २४ किलोमिटर ढलान, १ दशमलब ६ किलोमिटर कालोपत्र र ३ दशमलब ६२ किलोमिटर नाला निर्माण भएको जनाइएको छ ।

यस्तै आयोजना सुरुभएदेखि आर्थिक वर्ष २०७९/८० सम्म ३४ किलोमिटर सडक ग्राभेल, १८ दशमलब ७ किलोमिटर सडक कालोपत्र र ४१ किलोमिटर नाला निर्माण भएको जनाइएको छ ।

आयोजनाले गत आर्थिक वर्षमा एक सरकारी कार्यालय भवन, तीन सामुदायिक भवन, एक सरकारी भवन मर्मत सम्भार, एक खेलमैदान, दुई मनोरञ्जन पार्क, एक खानेपानी योजना सम्पन्न गरेको छ भने चार सय ३४ सौर्य बत्ती जडान गरेको छ ।

आयोजनालाई गत आर्थिक वर्षमा चालुतर्फ रु एक करोड पाँच लाख बजेट विनियोजन भएकामा रु ७५ लाख खर्च भएको छ भने पुँजीगततर्फ रु ११ करोड ७७ लाख विनियोजन भएकामा रु चार करोड ७४ लाख खर्च भएको छ ।

कार्यालयले डुम्रे भन्सार जग्गा एकीकरण आयोजनाको प्रक्रिया सुरु गरेको छ । त्यसका लागि छ सय ४३ रोपनी जग्गा पहिचान गरिएको छ । त्यसका लागि विसं २०७४ पुस १० गते आयोजनाको चारकिल्लासहित नेपाल राजपत्रमा सूचना प्रकाशित भएको थियो । विसं २०७७ पुस १२ मा अन्तिम प्रतिवेदन बुझाइएको र बाटोको किल्ला तोक्ने कार्य सकिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : १४ बजे

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज