१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नयाँ सहर आयोजना : २० किमी सडक कालोपत्र



दमौली । नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालय स्थापनादेखि हालसम्म नयाँ सहर आयोजनाभित्र २० दशमलब ३ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो ।

कार्यालयले ३४ दशमलब ७८ किलोमिटर सडक ग्राभेल, २ दशमलब ७४ किलोमिटर ढलान, ४६ दशमलब ०२ किलोमिटर नाला निर्माण गरेको कार्यालय प्रमुख शान्ति शर्माले जानकारी दिइन ।

आन्तरिक बसाइसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरी दश नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरुप विसं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्न तनहुँमा साविकको भानु गाविस-१, २, ३, ४ र साविकको बन्दीपुर गाविस-१, २, ३ र ४ समेटी आर्थिक वर्ष २०७२/७३ बाट नयाँ सहर आयोजना डुम्रे भन्सारको सुरुवात भएको हो ।

शर्माका अनुसार गत आर्थिक वर्षमा १ दशमलब ५ किलोमिटर ढलान र १ दशमलब ४ किलोमिटर नाला निर्माण गरिएको छ । सडक ग्राभेल र सडक कालोपत्रको काम उक्त आर्थिक वर्षमा नभएको उनले बताइन ।

आर्थिक वर्ष २०८०/८१ मा ० दशमलब ७८ किलोमिटर सडक ग्राभेल, १ दशमलब २४ किलोमिटर ढलान, १ दशमलब ६ किलोमिटर कालोपत्र र ३ दशमलब ६२ किलोमिटर नाला निर्माण भएको जनाइएको छ ।

यस्तै आयोजना सुरुभएदेखि आर्थिक वर्ष २०७९/८० सम्म ३४ किलोमिटर सडक ग्राभेल, १८ दशमलब ७ किलोमिटर सडक कालोपत्र र ४१ किलोमिटर नाला निर्माण भएको जनाइएको छ ।

आयोजनाले गत आर्थिक वर्षमा एक सरकारी कार्यालय भवन, तीन सामुदायिक भवन, एक सरकारी भवन मर्मत सम्भार, एक खेलमैदान, दुई मनोरञ्जन पार्क, एक खानेपानी योजना सम्पन्न गरेको छ भने चार सय ३४ सौर्य बत्ती जडान गरेको छ ।

आयोजनालाई गत आर्थिक वर्षमा चालुतर्फ रु एक करोड पाँच लाख बजेट विनियोजन भएकामा रु ७५ लाख खर्च भएको छ भने पुँजीगततर्फ रु ११ करोड ७७ लाख विनियोजन भएकामा रु चार करोड ७४ लाख खर्च भएको छ ।

कार्यालयले डुम्रे भन्सार जग्गा एकीकरण आयोजनाको प्रक्रिया सुरु गरेको छ । त्यसका लागि छ सय ४३ रोपनी जग्गा पहिचान गरिएको छ । त्यसका लागि विसं २०७४ पुस १० गते आयोजनाको चारकिल्लासहित नेपाल राजपत्रमा सूचना प्रकाशित भएको थियो । विसं २०७७ पुस १२ मा अन्तिम प्रतिवेदन बुझाइएको र बाटोको किल्ला तोक्ने कार्य सकिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : १४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा