४ पुस २०८२, शुक्रबार | December 19, 2025

राष्ट्रपति पौडेलद्वारा मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मंगलबार (कात्तिक २५) उनलाई पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०७/२४ गतेको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेस प्रदेशका प्रदेश प्रमुख श्रीमती सुमित्रा सुवेदी भण्डारीलाई मिति २०८२/०७/२५ गतेदेखि पदमुक्त गर्नुभएको छ ।”

सरकारले सोमबार (कात्तिक २४) उनको पदमुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । हालै उनले विवादबीच मधेसमा नेकपा (एमाले)का संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्, जसपछि राजनीतिक विवाद उत्पन्न भएको थियो ।

भण्डारी २०८० सालमा एमालेको सिफारिसमा मधेस प्रदेश प्रमुख बनेकी थिइन् । उनको पदमुक्तिसँगै प्रदेशमा नयाँ प्रमुख नियुक्त गर्ने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १० : ४५ बजे

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा

फागुन २१ मै निर्वाचन हुनुपर्छ तर सरकारको कामले आशंका बढायो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१

अर्थमन्त्री खनालबाट जेनजी आन्दोलनबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको स्थलगत अवलोकन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम