१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

३२ औं न्यू होराइजन प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिता कार्तिक २८ गतेदेखि सुरु



बुटवल । यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था न्यू होराइजन इङलिस बोर्डिङ स्कूल द्वारा आयोजित लुम्बिनी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिताको ३२औं संस्करण कार्तिक २८ गतेदेखि सुरु हुने भएको छ । विद्यालयले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

यस वर्षको प्रतियोगिताको पहिलो चरण आउँदो शुक्रबार तीन केन्द्र रुपन्देहीको बुटवल, दाङको लमही र पाल्पामा एकसाथ सञ्चालन हुनेछ । प्रदेशका १२ वटै जिल्लाका विद्यालयहरूले यस प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

न्यू होराइजन माध्यमिक विद्यालय बुटवलले विद्यार्थीको बौद्धिक प्रतिभा प्रष्फुटन, ज्ञान-विज्ञानको गहन पक्ष अभिवृद्धि र सरकारी तथा निजी विद्यालयबीच आपसी सम्बन्ध सुदृढ बनाउनका लागि सन् २०५० सालमा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सुरु गरेको थियो। त्यसयता यो प्रतियोगिता अञ्चलस्तरीय हुँदै पछिल्ला तीन वर्षदेखि प्रदेशस्तरीय रूपमा आयोजना हुँदै आएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुका अनुसार, कार्तिक २८ गते तीनवटै केन्द्रबाट छनोट हुने छ वटा टोलीबीचको फाइनल प्रतियोगिता मंसिर १३ गते बुटवलमा हुनेछ ।

“तीनै केन्द्रबाट दुई-दुई टोली प्रथम र द्वितीय भएर फाइनलमा प्रतिस्पर्धा गर्नेछन्,” विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले जानकारी दिए । उनका अनुसार बुटवल केन्द्रमा रुपन्देही, कपिलवस्तु र नवलपरासीका विद्यालय, पाल्पा केन्द्रमा पाल्पा, गुल्मी र अर्घाखाँचीका विद्यालय र लमही केन्द्रमा बर्दिया, बाँके, दाङ, पूर्वी रुकुम, रोल्पा र प्युठानका विद्यालयले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको निष्पक्षता कायम राख्नका लागि न्यू होराइजन संस्थाअन्तर्गतका कुनै पनि विद्यालय र विद्यार्थीले प्रत्यक्ष रूपमा भाग नलिने व्यवस्था गरिएको विद्यालयका अध्यक्ष कसजुले स्पष्ट पारे । तर उनीहरूलाई अवलोकनकर्ता रूपमा सहभागी गराई बौद्धिक क्षमताको विकासमा जोड दिइनेछ ।

फाइनलमा प्रथम हुने विद्यालयले ४० हजार रुपैयाँ नगदसहित ट्रफी, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ। द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः २५ हजार र २० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै, तीनवटै केन्द्रका प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ९ हजार, ६ हजार र ४ हजार ५ सय रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । अन्य तीन टोलीलाई प्रोत्साहन पुरस्कारस्वरूप प्रति समूह १,५०० रुपैयाँका दरले ४,५०० रुपैयाँको शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने संयोजक मनोज सिलवालले जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले न्यू होराइजन विद्यालयले शैक्षिक गुणस्तर, अतिरिक्त क्रियाकलाप र खेलकुद क्षेत्रमा देखाएको अग्रगामी अभ्यास सरकारी र निजी विद्यालयहरूका लागि प्रेरणादायी भएको बताए ।

कार्यक्रममा विद्यालयका उपप्राचार्यहरू बालकृष्ण भण्डारी, बासुदेव अर्याल र राजिव श्रेष्ठ, हाजिरीजवाफ प्रतियोगिताका पूर्व संयोजक कपिल आचार्य, व्यवस्थापन संकाय संयोजक प्रकाश खनाललगायतको उपस्थिति थियो ।

गत वर्षको (३१औं संस्करणको) प्रतियोगितामा बुटवलको एभरेष्ट बोर्डिङ स्कूल प्रथम, दाङ तुल्सीपुरको अमर बोर्डिङ स्कूल द्वितीय र पाल्पाको जनता मावि तानसेन तृतीय स्थानमा रहेका थिए ।

न्यू होराइजन इङलिस बोर्डिङ स्कूल २०४६ सालमा स्थापना भएको हो र यसले शिक्षा क्षेत्रमा तीन दशकभन्दा बढीको यात्रामा राष्ट्रिय स्तरमै विशिष्ट पहिचान बनाउन सफल भएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ६ : १९ बजे

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक