१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख



बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञमा अहिलेसम्म रु दुई करोड ६६ लाख सङ्कलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणमा महायज्ञ सञ्चालन भइरहेको छ ।

महायज्ञमा मङ्गलबार मात्रै रु एक करोड एक लाख सङ्कलन भएको कोषाध्यक्ष सरिता गौतमले जानकारी दिइन् । महायज्ञमा सोमबार रु ५५ लाख ५४ हजार रकम सङ्कलन भएको थियो । यस्तै आइतबार रु ३८ लाख सङ्कलन भएको थियो ।

महायज्ञमा मङ्गलबार अमेरिकास्थित बागलुङ समाज भर्जिनिया परिवारद्वारा मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सम्पन्नताका निम्ति रु पाँच लाख, बागलुङ नगरपालिका–२, आवारोड निवासी परोपकारी मनको धनी आदरणीय उमा शान्ति श्रेष्ठ र कृष्णकुमार श्रेष्ठलगायतको परिवारबाट रु पाँच लाख सङ्कलन भएको थियो । महायज्ञमा दानदाताको भीड नै लागेको छ ।

महायज्ञमा रु पाँच हजारदेखि पाँच लाखसम्म रकम सङ्कलन भइरहेको छ । महायज्ञमा रु १० करोड सङ्कलन गर्ने लक्ष्य रहेको छ । मानवीय सेवा सरिक हुँदै मनकारी दाताहरूले गच्छेअनुसारको दान गरिरहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

सडक आश्रित, असहाय, अपाङ्ग, मानसिक रोगी तथा घरबारविहीन सडक मानवको पुनःस्थापनाका लागि निर्माणाधीन आश्रम बागलुङको भवनमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको यस महायज्ञमा दाताको उल्लेखनीय सहभागिता रहँदै आएको छ ।

देश–विदेशमा रहेका बागलुङवासी, सङ्घ–संस्था तथा सहयोगी व्यक्तिले नगद, क्युआर कोड र अन्य माध्यममार्फत सहयोग प्रदान गरिरहेका छन् । महायज्ञ यही कात्तिक २८ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ५ : २८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा