१२ असार २०८३, शुक्रबार | June 26, 2026

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख



बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञमा अहिलेसम्म रु दुई करोड ६६ लाख सङ्कलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणमा महायज्ञ सञ्चालन भइरहेको छ ।

महायज्ञमा मङ्गलबार मात्रै रु एक करोड एक लाख सङ्कलन भएको कोषाध्यक्ष सरिता गौतमले जानकारी दिइन् । महायज्ञमा सोमबार रु ५५ लाख ५४ हजार रकम सङ्कलन भएको थियो । यस्तै आइतबार रु ३८ लाख सङ्कलन भएको थियो ।

महायज्ञमा मङ्गलबार अमेरिकास्थित बागलुङ समाज भर्जिनिया परिवारद्वारा मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सम्पन्नताका निम्ति रु पाँच लाख, बागलुङ नगरपालिका–२, आवारोड निवासी परोपकारी मनको धनी आदरणीय उमा शान्ति श्रेष्ठ र कृष्णकुमार श्रेष्ठलगायतको परिवारबाट रु पाँच लाख सङ्कलन भएको थियो । महायज्ञमा दानदाताको भीड नै लागेको छ ।

महायज्ञमा रु पाँच हजारदेखि पाँच लाखसम्म रकम सङ्कलन भइरहेको छ । महायज्ञमा रु १० करोड सङ्कलन गर्ने लक्ष्य रहेको छ । मानवीय सेवा सरिक हुँदै मनकारी दाताहरूले गच्छेअनुसारको दान गरिरहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

सडक आश्रित, असहाय, अपाङ्ग, मानसिक रोगी तथा घरबारविहीन सडक मानवको पुनःस्थापनाका लागि निर्माणाधीन आश्रम बागलुङको भवनमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको यस महायज्ञमा दाताको उल्लेखनीय सहभागिता रहँदै आएको छ ।

देश–विदेशमा रहेका बागलुङवासी, सङ्घ–संस्था तथा सहयोगी व्यक्तिले नगद, क्युआर कोड र अन्य माध्यममार्फत सहयोग प्रदान गरिरहेका छन् । महायज्ञ यही कात्तिक २८ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ५ : २८ बजे

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धार कार्य तीव्र

काठमाडौं । उत्तरी भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पमा परी

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

काठमाडौं । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस

साइबर अपराध मुद्दामा पत्रकार विनोद ढकाल पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाल साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका

नक्कली औषधि प्रकरणबारे औषधि व्यवसायी संघ रुपन्देहीको ध्यानाकर्षण, दोषीलाई कडा कारबाहीको माग

बुटवल । बुटवलस्थित सैनामैना हेल्थ सेन्टरमा नक्कली औषधि फेला परेको