१३ भदौ २०८३, शनिबार | August 29, 2026

मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश घोषणा गर्नेगरी आवश्यक कार्यविधि निर्माणको काम छिट्टै सम्पन्न गरेर कार्यान्वयनमा लैजाने बताएका छन् ।

मानवसेवा आश्रमले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा सहभागी टोलीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यकामा बिहिवार छलफल गर्दै मुख्यमन्त्री आचार्यले मानवता र करुणायुक्त प्रदेश निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

उनले सही सडक र सही संगत मिले मानिस सही ठाउँमा पुग्न सक्ने उल्लेख गर्दै सडकआश्रित र बेसहारा मानवहरूको संरक्षण राज्य र समाज दुवैको साझा दायित्व भएको धारणा राखे ।

मानवसेवा आश्रमले बैशाख २७ गतेदेखि सुरु गरेको मेची(महाकाली राष्ट्रिय उद्धार यात्रा जेठ २२ गतेसम्म सञ्चालन हुने जनाएको छ । यात्राको क्रममा हालसम्म ११६ जना सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरिएको जानकारी दिइएको छ ।

आश्रमका अनुसार यात्रा एक महिनासम्म सञ्चालन हुनेछ । उद्धार गरिएका व्यक्तिहरूलाई संरक्षण, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलनका लागि आश्रमका सेवा केन्द्रमार्फत व्यवस्थापन गरिनेछ ।

मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त तथा अभिभावकविहीन व्यक्तिहरूको उद्धार र संरक्षणमा काम गर्दै आएको छ ।

वि.सं. २०६९ भदौ १३ गते मकवानपुरको हेटौँडाबाट औपचारिक सेवा सुरु गरेको आश्रमले हाल सातै प्रदेशका १९ जिल्लामा रहेका २५ सेवा केन्द्रमार्फत सेवा सञ्चालन गर्दै आएको छ ।

यात्रामा आनि छोइङ डोल्मा अध्यक्ष रहेको फाउन्डेसनको सहयोग रहेको छ । राष्ट्रिय उद्धार यात्रामा गायिका आनि छोइङ डोल्मा सहित मानव सेवा आश्रमकी केन्द्रीय महासचिव सुशिला केसी(रुपा), लुम्बिनी प्रदेश प्रमुख सरु अधिकारी, उर्बिन सापकोटा लगायतको सहभागीता रहेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ३ : ११ बजे

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा । भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका-२

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई