१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

बुटवलमा एमालेले शनिबार जनसभा गर्दै



बुटवल । नेकपा एमालेले आगामी शनिबार देशभरका जिल्लाहरूमा जनसभा गर्दै छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित सरकारले गरेको प्रतिनिधिसभा विघटनप्रति एमालेले विरोध गर्दै आएको छ । सोही क्रममा विघटित प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै एमालेले देशका सबै जिल्लाहरूमा शनिबार जनसभा र प्रदर्शन आयोजना गरेको हो ।

रुपन्देहीमा पनि शनिबार बुटवलमा जनसभा हुँदै छ । नेकपा एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मीन प्रसाद पौडेलले प्रतिनिधिसभा विघटन विरुद्ध रुपन्देहीमा पनि जनसभा आयोजना गरिएको बताए । पौडेलले शनिवारको जनसभा र प्रदर्शन लोकतन्त्रको पक्षमा र प्रतिगामी षडयन्त्रका विरुद्धमा आयोजना गरिएकोले सबैलाई सहभागी हुन आग्रह गरे ।

जनसभाअघि युवाहरूले बुटवल राजमार्ग चौराहाबाट ट्राफिक चोक सम्म मार्च पास गर्ने छन् । युवाहरूको मार्च पास पछि प्रदर्शन जनसभामा परिणत हुने छ ।

प्रचार विभाग प्रमुख पौडेलका अनुसार एमालेले यस पटकको प्रदर्शनलाई जागरण अभियानको रूपमा अघि बढाएको हो ।
एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध देशैभरि जनपरिचालन गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार गत २२ गते देशभरका वडा तथा २५ गते पालिकाहरूमा भेला र जनप्रदर्शन सम्पन्न गरिसकेको छ । शनिवार सबै जिल्लाहरूमा प्रदर्शनपछि मङ्सिर ६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने एमालेले तयारी गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  ३ : १४ बजे

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल नियुक्त

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक सहसचिव निर्मल ढकाल

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै