१८ श्रावण २०८३, सोमबार | August 3, 2026

मतदाता नामावली दर्ता गर्ने म्याद मंसिर ५ गतेसम्मका लागि थपियो



काठमाडौं । मतदाता नामावली दर्ता गर्नेहरुको भीड दिनप्रतिदिन बढ्न थालेपछि निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप गरेको छ।

यसअघि आयोगले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको भएपनि नाम दर्ता गर्न आउनेहरुको चाप नघटेपछि ५ दिनका लागि म्याद थप गरेको हो । म्याद थपिएसँगै अव मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने छ।

आयोगले शुक्रबार विज्ञप्ति प्रकाशित गरी मतदाता नामावली संकलनको म्याद ५ दिन थप गरिएको जनाएको छ।

‘पछिल्लो समयमा मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी नागरिकहरुको सहजता र सुविधाका लागि आयोगको मिति ( २०८२र७र२८ को निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि २०८२र८र५ सम्मका लागि थप गरिएको छ’, आयोगले भनेको छ ।

थप गरिएको अवधिमा मतदाता नामावलीमा नामदर्ता गराउन राष्ट्रिय परिचय पत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेको प्रि रजिस्ट्रेसन सिस्टम मार्फत आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औंठाछाप) दिएर सेवा लिन सकिने पनि आयोगको सूचनामा उल्लेख छ ।

कात्तिक २७ गते साँझ सम्ममा कुल २ लाख ५७ हजार ५०५ नयाँ मतदाताहरुले मतदाता नामावलीमा नाम दर्ता गराएको आयोगले जनाएको छ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ९ : ०० बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क