१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मधेसका मुख्यमन्त्री विवादको रिट न्यायाधीशद्वय श्रेष्ठ रनिरौलाको संयुक्त इजलासमा



काठमाडौं। मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध दायर रिटको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा हुने भएको छ।

मधेशका ७४ जना सांसदहरूले मुख्यमन्त्री नियुक्ति असंवैधानिक तरिकाले भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । संविधानको धारा १६८ को उपधारा (३) अनुसार गठन सरकारको वैधतामाथि प्रश्न उठाउँदै उनीहरुले अन्तरिम आदेश माग गरेका छन्।

यसअघि सर्वोच्चले मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले सोमबार दायर रकी प्रसाद साहको रिटमा यस्तो आदेश दिएको थियो ।

रिटको संवेदनशीलता, सार्वजनिक महत्व र छिटो निष्कर्ष निकाल्नुपर्ने प्रकृतिलाई ध्यानमा राख्दै सर्वोच्चले नियम ७३ बमोजिम अग्राधिकार दिँदै अन्तिम सुनुवाइका लागि मंसिर ११ गते बोलाएको आदेशमा उल्लेख छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ११ : ०३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा