३० असार २०८३, मंगलबार | July 14, 2026

मधेसका मुख्यमन्त्री विवादको रिट न्यायाधीशद्वय श्रेष्ठ रनिरौलाको संयुक्त इजलासमा



काठमाडौं। मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध दायर रिटको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा हुने भएको छ।

मधेशका ७४ जना सांसदहरूले मुख्यमन्त्री नियुक्ति असंवैधानिक तरिकाले भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । संविधानको धारा १६८ को उपधारा (३) अनुसार गठन सरकारको वैधतामाथि प्रश्न उठाउँदै उनीहरुले अन्तरिम आदेश माग गरेका छन्।

यसअघि सर्वोच्चले मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले सोमबार दायर रकी प्रसाद साहको रिटमा यस्तो आदेश दिएको थियो ।

रिटको संवेदनशीलता, सार्वजनिक महत्व र छिटो निष्कर्ष निकाल्नुपर्ने प्रकृतिलाई ध्यानमा राख्दै सर्वोच्चले नियम ७३ बमोजिम अग्राधिकार दिँदै अन्तिम सुनुवाइका लागि मंसिर ११ गते बोलाएको आदेशमा उल्लेख छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ११ : ०३ बजे

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च

सरकारी विज्ञापनमा निजी मिडियामाथिको प्रतिबन्ध सर्वोच्चद्वारा बदर, सरकारको ‘एकद्वार नीति’ खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले