१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

पूर्व आईजीपी सर्वेन्द्र खनालले गठन गरे ‘सम्मुनत नेपाल पार्टी’



काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले औपचारिक रूपमा नयाँ राजनीतिक दल गठन गरेका छन् । ‘सम्मुनत नेपाल पार्टी’ नामक पार्टी दर्ताका लागि कात्तिक ३० गते निर्वाचन आयोगमा निवेदन बुझाइएको हो ।

पार्टी दर्ता निवेदन राजबाबु यादवले आयोगमा बुझाएका छन् । खनालका अनुसार, देशलाई आफैँले बनाउने र नेतृत्व पनि नागरिककै हातमा हुनुपर्ने दृष्टिकोणका साथ पार्टी स्थापना गरिएको हो ।

पूर्व आईजीपी खनाल २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) तर्फबाट काठमाडौं-६ मा उम्मेदवार बनेका थिए । तर, उनले पराजय बेहोर्नु परेको थियो । त्यसपछि तनहुँ-१ को उपनिर्वाचनमा पनि उनी पराजित भएका थिए ।

खनालले अब नयाँ राजनीतिक दलमार्फत ‘राष्ट्रिय स्वाभिमान, सुशासन र समृद्धिको’ एजेन्डा लिएर सक्रिय राजनीति अघि बढाउने तयारी गरेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १२ : १८ बजे

नख्खु जेल प्रकरणमा रवि लामिछानेसहित चार जनामाथि सूक्ष्म अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु

जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

काठमाडौं । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री