काठमाडौं । तीनकुनेमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियारलाई सरकारले रोजगारी प्रदान गरेको छ । सुजनलाई सुरक्षण मुद्रण कोषमा करार सेवामा कम्प्युटर अधिकृतका रूपमा नियुक्त गरिएको हो ।
मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले सुजनलाई नियुक्ति पत्र प्रदान गरे । नियुक्ति पाउने क्रममा सुजन भावुक बनेकी थिइन् ।
पत्रकार रजक २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको थियो । पत्रकार रजकको निधनपछि सरकारले परिवारलाई राहतस्वरूप रोजगारीको व्यवस्था गरेको हो ।


















प्रतिक्रिया