१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

पिकोनको उत्प्रेरणा कार्यक्रम



बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा आफनो उत्पादन लन्च तथा विद्युतकर्मीहरुलाई उत्प्रेरणा कार्यक्रम गरेको छ ।

यस क्षेत्रको आधिकारीक विक्रेता काशी ईलेक्टिक्स स्टोरको आयोजनामा सोमबार बुटवलमा आयोजना भएको कार्यक्रमको कम्पनीका भारत माकेर्टिङ हेड मनोज पोदार, नेपालका विजनेश हेड विकास पोदारले विद्युतिय सामग्री उत्पादन गर्दा नया नया प्रविधीको प्रयोग गरि समयसापेक्ष र आम उपभोक्ताको माग अनुसार रहेको बताए ।

विशेष गरि भोल्टेज समस्या नहुने, उपभोक्ताको समस्या समाधान सहितको उत्पादन रहेको पोदारको दाबी छ । कम्पनीको हाल ७ सय बढी ईलेक्टिक उत्पादनहरु रहेका छन । नया र प्रविधियुक्त उत्पादन रहेको छ ।

यसैबिच नेपाल विद्युत ब्यवसायी महासंघका नवनिर्वाचित द्धितिय उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे, सचिव लोकनाथ पोखरेल र प्रदेश संयोजक दिपक पौडेललाई सम्मान गरिएको छ । नेपाल विद्युत ब्यवसायी संघका अध्यक्ष सागरराज खरेल विद्युतकर्मीहरुको हकहितमा निरन्तर लाग्नुपर्ने बताए । कार्यक्रममा सुनसरी जिल्लाबाट डिलर आनन्द चित्लागिया, चितवनका प्रविण पौडेल, पर्साका कृष्ण पटेलको विशेष उपस्थिती रहेको थियो ।

यसैगरि उत्प्रेरना कार्यक्रममा सहभागी एक सय ५० बढी विद्युतकर्मीहरुलाई लक्की ड्रमार्फत विभिन्न मेशिन, फ्रिज उपहार दिईएको काशी ईलेक्टिक स्टोरका एमडी सन्दिप कशौधनले बताए । कार्यक्रममा काशीका डाइरेक्टर राहुल कशौधनले विद्युतकर्मीहरुलाई आगामी दिनहरुमा समेत उत्प्रेरणा र तालिमका कार्यक्रममा जोड दिने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ९ : १४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले