२१ मंसिर २०८२, आइतबार | December 7, 2025

आज विश्व शौचालय दिवस



काठमाडौं । सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको अन्त्यका साथै दिगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा जोड दिँदै आज विविध चेतनामूलक कार्यक्रमका साथ विश्व शौचालय दिवस मनाइँदै छ ।

सन् २०१३ देखि आधिकारिक रूपमा मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य पानीको गुणस्तर सुधार, जलस्रोतको दिगो व्यवस्थापन र पानी तथा सरसफाइमा अन्तर्राष्ट्रिय सहकार्य तथा क्षमता अभिवृद्धि हो ।

सुरक्षित र सबैका लागि पहुँचयोग्य शौचालय निर्माण अहिलेको अत्यावश्यक प्राथमिकता भएको जनाउँदै संयुक्त राष्ट्रसङ्घले सबैका लागि पानी र सरसफाइ हासिल गर्ने लक्ष्यलाई सशक्त रूपमा उठाउने दिनका रूपमा यो दिवसको उपयोग हुनुपर्नेमा जोड दिएको छ ।

तीन अर्ब ४० करोड मानिस अझै सुरक्षित रूपमा व्यवस्थित सरसफाइ सेवाबाट वञ्चित भएका तथा ३५ करोड ४० लाख मानिस अझै खुला स्थानमा दिसापिसाब गर्न बाध्य भएका जनाउँदै राष्ट्रसङ्घले दिगो विकासको छैटौँ लक्ष्य हासिल गर्न र महिला र बालिकालाई जोखिमबाट जोगाउन शौचालयको सुनिश्चितता अपरिहार्य भएको बताएको छ ।

विश्वव्यापी रूपमा सरसफाइका मुद्दामा क्रियाशील हुन उक्त विश्व संस्थाले आह्वान गर्दै आज विश्वका विभिन्न देशमा व्यक्तिगत, सामुदायिक, सरकारी, निजी क्षेत्र तथा गैरसरकारी संस्थालाई सामुदायिक सरसफाइ कार्यक्रम, विद्यालयमा सरसफाइबारे कक्षा, सार्वजनिक छलफल, नीतिसंवाद, अनुभव आदानप्रदानलगायत गतिविधि सञ्चालन गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ७ : २१ बजे

एनपीएलमा आज लिग चरणको अन्तिम खेल : कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल

पौने तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

पोखरा । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा

निर्वाचन आउन ८८ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता