५ श्रावण २०८३, मंगलबार | July 21, 2026

एमसीसी नेपाल कम्प्याक्टका लागि थपियो अतिरिक्त ५ करोड डलर



काठमाडौं । एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ करोड डलर अनुदान सहयोग सुनिश्चित भएको छ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) को अनुदान रकम थप गर्ने भएको हो ।

योसँगै उक्त सम्झौता अन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर ९करिब १ खर्ब ६ अर्ब रुपैयाँ० पुगेको छ, जसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ ।

यो थप स्रोतले प्राथमिकता प्राप्त विद्युत् प्रसारण पूर्वाधार पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणाली सुदृढीकरण गर्ने र क्षेत्रीय ऊर्जा व्यापार अभिवृद्धि सम्भव बनाउने जस्ता मुख्य उद्देश्य पूरा गर्न मद्दत गर्ने अमेरिकी दूतावासले जनाएको छ ।

ऊर्जा ग्रिडको विश्वसनीयता र बजार पहुँचमा सुधार गरी यस सम्झौताले अन्तर्राष्ट्रिय “कनेक्टिभिटी” मा सहयोग पुर्‍याउने र ऊर्जा पूर्वाधारमा अमेरिकी उत्कृष्टता तथा असल अभ्यासहरूको प्रवर्द्धन गर्ने दूतावासले अपेक्षा राखेको छ।

अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा लेखिएको छ – ‘दशकौंसम्म हाम्रा देशहरूले आर्थिक वृद्धि, ऊर्जा सुरक्षा र पारस्परिक समृद्धि अघि बढाउन सँगै काम गरेका छन्, एमसीसी नेपाल सम्झौताले उच्च प्रभावयुक्त पूर्वाधारमा केन्द्रित, ऋणरहित र अनुदानमा आधारित सहायता मार्फत उक्त इतिहासलाई निरन्तरता दिएको ।’

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ३ : २४ बजे

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको

चौतर्फी विरोधपछि शिक्षा-स्वास्थ्यको ३ प्रतिशत कर फिर्ता लिन सरकार बाध्य

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने

ढोरपाटन आवातजावतमा सास्ती

पोखरा । ढोरपाटनका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा