१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा



काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) बीचको एकता वार्ता निर्णायक दिशातर्फ अगाडि बढेको छ । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी वार्ता सकारात्मक मोडमा अघि बढेको नेकपाका नेता देवप्रसाद गुरुङले जानकारी दिए ।

वार्तामा नेकपाका तर्फबाट गुरुङसहित नेताहरू प्रमेश हमाल, डा वेदुराम भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र प्रकाश ज्वाला सहभागी थिए । जसपा नेपालका तर्फबाट नेताहरू राजेन्द्र श्रेष्ठ, रेणु यादव, रणध्वज कन्दङ्वा र परशुराम बस्नेतलगायत सहभागी थिए ।

विभिन्न १२ वाम घटक मिलेर नेकपा बनेसँगै अशोक राई नेतृत्वको जसपासँग लगातार एकता वार्ता चलिरहेको छ । वार्तामा सहभागी अर्का नेता प्रकाश ज्वालाले सैद्धान्तिक, प्राविधिक र सङ्गठनात्मक विषयमा घनिभूत छलफल गरी चाँडै निष्कर्षमा पुगिने बताए ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : ३० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले