१२ असार २०८३, शुक्रबार | June 26, 2026

विवाह पञ्चमी महोत्सव आजदेखि, पहिलो दिन नगरदर्शन



धनुषा । जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । बिहीबारदेखि नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा सुरु हुँदैछ ।

जानकी मन्दिर क्षेत्र, रङ्गभूमि मैदान तथा बाह्रबिघा परिसरमा सरसफाइदेखि आकर्षक पण्डाल निर्माणसम्मका काम तीव्र गतिमा भइरहेको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ । मन्दिर वरपरका गल्ली, मठमन्दिरहरूमा पनि विद्युत् बत्ती जडानका काम भइरहेका छन् ।

विवाह पञ्चमीका मुख्य कार्यक्रमहरू जानकी मन्दिर र बाह्रबिघा रङ्गभूमि मैदानमै केन्द्रित रहनेछन्, तर यस वर्ष कुनै पनि तहको सरकारले सहयोग नगरेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए । विगतका वर्षहरूमा सरकारी निकायले आर्थिक वा व्यवस्थापकीय सहयोग गर्ने गरेकामा यसपटक भने सहयोग नपाइएको उनको भनाइ छ ।

अयोध्या, ऋषिकेश, हरिद्वारसहित भारतका विभिन्न धार्मिक केन्द्रहरूबाट यस वर्ष पनि ठूलो सङ्ख्यामा साधु-सन्त, महन्त, योगी, सन्यासी, भिक्षु र भिक्षुणीको आगमन हुने जानकी मन्दिरले जनाएको छ । जनकपुरधामलाई मिथिलाञ्चलको सांस्कृतिक राजधानीका रूपमा चिनाउने यो महोत्सव वर्षौंदेखि नेपाल-भारत धार्मिक सम्बन्ध मजबुत गर्ने प्रमुख माध्यम रहिआएको छ ।

सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सवको आज नगरदर्शन, शुक्रबार फूलबारी लिला, ६ गते धनुषयज्ञ, ७ गते तीलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर तथा शुभ विवाह र १० रामकलेवा विधिसहित समापन हुनेछ । प्रत्येक वर्ष मङ्सिर शुक्लपक्ष पञ्चमीको तिथिमा मनाइने यो पर्वमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँ भक्तजन जनकपुरधाम आउने गर्छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार विवाह पञ्चमीलाई लक्षित गरी सुरक्षा योजना कडा पारिएको छ । ठूलो भीडलाई ध्यानमा राखेर नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरीलाई पर्याप्त सङ्ख्यामा परिचालन गरिने उनले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ६ : ३९ बजे

रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार यी हुन् (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशनअन्तर्गत निर्वाचित ९९

घमाहा खोलाको डाइभर्सन बाढीले बगायो, बुटवल-गोरुसिंगे सडक अवरुद्ध

बुटवल । बुटवल-गोरुसिंगे सडकखण्डअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका स्थित घमाहा खोलामा

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो)

सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न थप एक साताको म्याद

काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी

स्वर्णिम वाग्ले रास्वपाको उपसभापतिमा निर्विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा डा. स्वर्णिम वाग्ले