२२ बैशाख २०८१, शनिबार | May 4, 2024

महारानी’ : महिलाको कारुणिक र संवेदनशील अवस्थाको चित्रण



म्याग्दी । एक राजनीतिकर्मीले लेखेको ‘महारानी’ उपन्यासमा तत्कालीन बाइसेचौबीसे राज्यकालमा साना राज्यबीचमा हुने पारस्परिक खिंचातानी, जालझेलबाट पार पाउनका लागि राजारजौटाले अपनाउने कूटनीति, चालबाजीलगायत ऐतिहासिक विषयवस्तु समेटिएको छ ।

राजनीतिकर्मी चन्द्रप्रकाश बानियाँको ऐतिहासिक राजनीतिक विषयवस्तुको उपन्यासले नै गत वर्षको मदन पुरस्कार जितेको  घोषणा गरिएको छ ।

म्याग्दी जिल्लाबाट निर्वाचित पूर्वसांसद चन्द्रप्रकाश बानियाँकृत सो उपन्यासमा पितृसत्तात्मक सामन्ती व्यवस्थाको संरचनामामा महिलालाई वस्तुकरण गरिएको सन्दर्भलाई समेत उठान गरिएको छ ।

‘महारानी’मा मुख्य नायिकाको कारुणिक र संवेदनशील अवस्थाको चित्रण गरिएको छ ।

तत्कालीन राजनीतिक खिंचातानी र स्वार्थमा महिलाको शरीरसमेत संवेदनहीन भई उपयोग गरिन्थ्यो भन्ने समयविम्ब समेत समेटिएको म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले बताए ।

रेग्मीले ऐतिहासिक पक्षको अन्वेषण र उजागर गर्ने कृतिकारको अथक साधनालाई मदन पुरकार प्रदान गर्ने घोषणाले न्याय गरेको टिप्पणी पनि गरे ।

‘‘ धौलागिरि क्षेत्रकै साहित्यले गर्व गर्ने दिन बनेको छ, खोज र अनुसन्धानात्मकताले नै कृति योग्य ठहरिएको हुनुपर्छ’’, उनले भने ।

बेनी नगरपालिका –५ पुला भीरमुनि घर भई साहित्यिक र म्याग्दीको खोजमूलक लेखनमा सक्रिय बानियाँले प्राप्त गरेको पुरस्कार जिल्लाबाटै प्राप्त अहिलेसम्मकै उच्च तहको पुरस्कारका रुपमा हेरिएको छ ।

दर्जनाैं पुस्तक प्रकाशन गरिसकेका बानियाँ कथा, उपन्यासलगायत रचनासँगै स्तम्भ र समसामयिक विषयमा कलम चलाउँदै निरन्तर क्रियाशील छन् । उनले यसअघि प्रकाशन गर्नुभएका ऐतिहासिक पर्वत राज्य र मृत्युसंस्कार मन्थन पुस्तक निकै लोकप्रिय मानिन्छन् ।

बानियाँको भौँज्याहा पुस्तक प्रकाशनको तयारीमा छ ।-रासस

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ८ : ४३ बजे

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने

अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

काठमाडौं । सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज

नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं खेल आज हुँदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा

मुम्बईमाथि कोलकोता २४ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले