१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

रास्वपाको ‘प्रतिनिधिसभा उम्मेदवार छनौट समिति संयोजक’मा सहमहामन्त्री आचार्य



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सह-महामन्त्री विपिनकुमार आचार्यलाई प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गठित उम्मेदवार छनोट समितिको संयोजक नियुक्त गरेको छ।

बुधबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले आचार्यलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो। समितिमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य डा. चन्दा कार्की र राजन गौतम (चितवन) साथै प्रदेश सभापतिहरू पदेन सदस्यको रूपमा रहनेछन्।

प्रवक्ता मनिष झाका अनुसार सह-महामन्त्री आचार्यले उम्मेदवार छनोटसम्बन्धी रूपरेखा मस्यौदा सफलतापूर्वक तयार पारेको मूल्यांकन गर्दै उनलाई समितिको नेतृत्वको अतिरिक्त जिम्मेवारी प्रदान गरिएको हो। “प्रतिनिधि सभा निर्वाचन, २०८२ का लागि उम्मेदवार छनोटसम्बन्धी मस्यौदा उत्कृष्ट रूपमा सम्पन्न गर्नुभएकाले उहाँलाई संयोजक तोकिएको हो।” झाले भने ।

यता, रूपन्देही-३ मा भने रास्वपाले यसअघिकै निर्णय कायम राख्दै डा. लेखजंग थापालाई नै उम्मेदवार बनाउने भएको छ। उपनिर्वाचनका लागि यसअघि नै छनोट भएका थिए, तर प्रतिनिधि सभा विघटन हुँदा उपनिर्वाचन हुन पाएको थिएन ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  १२ : २३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले