५ पुस २०८२, शनिबार | December 20, 2025

पत्रकार कुटपिट घटनाको अध्ययनका लागि महासङ्घको टोली धनगढीमा



कैलाली । धनगढीस्थित दिनेश सञ्चारगृहमा भएको घटनासम्बन्धमा स्थलगत अध्ययनका लागि नेपाल पत्रकार महासङ्घको टोली मंगलबार धनगढी आइपुगेको छ ।

समाचारका विषयलाई लिएर केही दिनअघि १५/२० जनाको एक समूहले सञ्चारगृहमा प्रवेश गरी पत्रकारमाथि कुटपिट गरेको घटनाको अध्ययन गर्न पत्रकार महासङ्घका महासचिव रमेश विष्ट नेतृत्वको टोली धनगढी आइपुगेको पत्रकार महासङ्घ कैलालीका कोषाध्यक्ष हिमाल जोशीले जानकारी दिए ।

विष्ट नेतृत्व टोलाीले आज पत्रकार महासङ्घ कैलाली शाखा कार्यालयमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा घटनाको अवस्थाका बारेमा उपस्थित सहभागीसँंग जानकारी तथा सुझाव लिएको बताइएको छ ।

‘टोलीले मानव अधिकार आयोगसंँग यस घटनाका अवस्थाबारेमा बुझ्नेछ’, जोशीले भने, ‘त्यसपछि घटनास्थल दिनेश सञ्चारगृहमा गएर वास्तविक घटनाका बारेमा जानकारी लिने छ ।’

घटनाका सम्बन्धमा टोलीले स्थलगत रूपमा अध्ययन गरी पीडित पक्ष, स्थानीय प्रशासन, प्रहरी, सरोकार पक्ष, पत्रकारलगायतसँग छलफल गरी सत्यतथ्य सार्वजनिक गर्ने महासंघले जनाएको छ ।

महासचिव विष्टको नेतृत्व रहेको टोलीमा सचिव रामप्रसाद दाहाल, सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, कैलाली अध्यक्षलगायत सहभागी भएको बताइएको छ । रासस

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ६ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको