६ श्रावण २०८३, बुधबार | July 22, 2026

नेपालगञ्ज म्याराथनको उपाधि खड्का र न्यौपानेलाई



नेपालगञ्ज । नेपालगञ्जमा आज सम्पन्न ११औँ नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खड्कबहादुर खड्काले जितेका छन् ।
खड्काले २ घण्टा १५ मिनेट ८ सेकेण्डमा ४२ किलोमिटरको दूरी पार गरेका थिए । उनी गत संस्करणका पनि विजेता हुन् । उनले रु दुई लाख नगद पुरस्कार प्राप्त गरे ।
त्यस्तै, दुई घण्टा १६ मिनेट ४८ सेकेण्डमा ४२ किलोमिटरको दूरी पार गर्दै नेपाल सेनाकका सुशीलकुमार शाही दोस्रो तथा दुई घण्टा १९ मिनेट १८ सेकेण्डमा उक्त दूरी पार गर्दै सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की तेस्रो भए । दोस्रो भएका शाही र तेस्रो भएका पार्कीले क्रमशः रु एक लाख र ५० हजार पुरस्कार प्राप्त गरे ।
हाफ म्याराथन महिलातर्फको उपाधि जुम्लाकी पूर्णलक्ष्मी न्यौपानेले जितिन् । उनी पाँचौँ संस्करणकी विजेता पनि हुन् । उनले उपाधिसँगै रु ७५ हजार पुरस्कार हात पारेन । यस्तै हाफ म्याराथनमा सशस्त्र प्रहरीकी फूलमती राना दोस्रो हुँदा तेस्रो आश्मा विश्वकर्मा भइन् । -रासस

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ४ : ५१ बजे

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,