२१ चैत्र २०८२, शनिबार | April 4, 2026

आदर्श युवा सञ्जालमा दाहालको नेतृत्व



खजुरा । बाँकेको खजुरामा क्रियाशील संस्था आदर्श युवा सञ्जालको तेस्रो अधिवेशनले खगेन्द्र दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । दुई वर्षे कार्यकाल रहने गरी अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा सुबास निरौला, सचिवमा गम बहादुर डाँगर, सह सचिवमा संदेश गुरुङ, कोषाध्यक्ष्यमा दीपेन्द्र शाही निर्विरोध चयन भएका छन् । मुख्य निर्वाचन अधिकृत विक्रम गिरीका अनुसार सदस्यहरुमा सविना देवकोटा दाहाल, दाताराम पौडेल, संदेश रानाभाट र प्रेम घिमिरे निर्विरोध चयन भएका छन्।

अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि दाहालले संस्थाले खजुरामा आगामी दिनमा सरकारका कामको निरन्तर निगरानी, सामाजिक कार्यमा सक्रिय, खेलकुद देखि सांस्कृतिक , शिक्षा स्वास्थ्य क्षेत्रमा पैरवी गर्ने कार्य गर्ने उल्लेख गरे ।

कल्पना तामाङको अध्यक्षतामा भएको तेस्रो अधिवेशनका प्रमुख अतिथि खजुरा गाउँ पालिका अध्यक्ष डम्बर बहादुर विकले खजुराको विकासमा युवाको भूमिका महत्वपूर्ण रहेको बताए । पालिका अध्यक्ष विकले आदर्श युवा सञ्जाल मार्फत भएका सामाजिक कार्य प्रसँशनिय रहेको उल्लेख गर्दै स्थानीय सरकार सञ्जालको गतिविधिमा सहकार्य गर्न तयार रहेको बताए । उनले युवाले नै पछिल्ला कार्यक्रमहरू सञ्चालन गर्न सक्ने बताउँदै समाज रुपान्तरणमा युवाले योगदान दिन आग्रह गरे ।

कार्यक्रममा न्यू डाँफे स्पोर्ट्स क्लब खजुराका अध्यक्ष बालाराम खत्रीले खजुरामा युवा एकजुट भएर सामाजिक कार्य गर्न जरुरी रहेको बताए । उनले पछिल्ला दिनमा खजुराका युवाहरुको सक्रियतामा विभिन्न सचेतनामुलक देखि खेल तथा सांस्कृतिक गतिविधि भएको उल्लेख गरे ।

सहायताका लागि सहयोगी हातहरु संस्थाका अध्यक्ष पुष्पा सुनारले खजुरामा अधिकांश संस्था युवाले हाकेको स्मरण गराउँदै स्थानीय सरकार लगायत सरोकारवाला निकायले सहकार्य गर्न जरुरी रहेको बताइन् । अधिवेशनमा मुख्य निर्वाचन अधिकृत विक्रम गिरी, निर्वाचन अधिकृत बालवीर थापा र हरी निरौला रहेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १ : १५ बजे

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा

आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

काठमाडौं । भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल

आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने