१८ श्रावण २०८३, सोमबार | August 3, 2026

प्रगतिशिल लोकतान्त्रिक पार्टी घोषणा



काठमाडौं । नयाँ राजनीतिक शक्ति प्रगतिशिल लोकतान्त्रिक पार्टी औपचारिक रूपमा घोषणा गरिएको छ । आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमार्फत डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशिल राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार समूहबीचको एकतापछि नयाँ पार्टी सार्वजनिक गरिएको हो ।

कार्यक्रममा पार्टीको नाम पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले घोषणा गरे । उनले पार्टीमा अभिभावकीय भूमिका निर्वाह गर्ने बताइएको छ। नयाँ पार्टीमा १५१ सदस्यीय केन्द्रीय समिति रहनेछ ।

नेतृ दुर्गा सोबको नाममा पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ । नयाँ पार्टीले प्रगतिशिल समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा लिएको छ भने यसको चुनाव चिन्ह ‘आँखा’ निर्धारण गरिएको छ ।

यसअघि कात्तिक २८ गते नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशिल राष्ट्रिय अभियान र रास्वपाबाट विद्रोह गरेका सन्तोष परियार समूहबीच एकता गर्ने सहमति भएको थियो । सोही सहमतिको औपचारिक रूप अहिले घोषणा गरिएको हो ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ४ : ०५ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल