२० मंसिर २०८२, शनिबार | December 7, 2025

प्रगतिशिल लोकतान्त्रिक पार्टी घोषणा



काठमाडौं । नयाँ राजनीतिक शक्ति प्रगतिशिल लोकतान्त्रिक पार्टी औपचारिक रूपमा घोषणा गरिएको छ । आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमार्फत डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशिल राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार समूहबीचको एकतापछि नयाँ पार्टी सार्वजनिक गरिएको हो ।

कार्यक्रममा पार्टीको नाम पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले घोषणा गरे । उनले पार्टीमा अभिभावकीय भूमिका निर्वाह गर्ने बताइएको छ। नयाँ पार्टीमा १५१ सदस्यीय केन्द्रीय समिति रहनेछ ।

नेतृ दुर्गा सोबको नाममा पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ । नयाँ पार्टीले प्रगतिशिल समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा लिएको छ भने यसको चुनाव चिन्ह ‘आँखा’ निर्धारण गरिएको छ ।

यसअघि कात्तिक २८ गते नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशिल राष्ट्रिय अभियान र रास्वपाबाट विद्रोह गरेका सन्तोष परियार समूहबीच एकता गर्ने सहमति भएको थियो । सोही सहमतिको औपचारिक रूप अहिले घोषणा गरिएको हो ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ४ : ०५ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल