काठमाडौं । सर्वोच्च अदालतले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई अवहेलना मुद्दामा किन कारबाही नगर्ने भन्नेबारे लिखित स्पष्टीकरण पेश गर्न आदेश दिएको छ।
राजदूत फिर्तासम्बन्धी सर्वोच्चको अन्तरिम आदेश उल्लंघन भएको दाबी गर्दै अधिवक्ता डा. प्रेमराज सिलवालले प्रधानमन्त्री कार्की विरुद्ध अदालत अवहेलनाको मुद्दा दायर गरेका थिए।
उक्त मुद्दामा आइतबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश हप्रिसाद फुयाल र अब्दुल अजिज मुसलमानको इजलासले कार्कीले लिखित जवाफसहित स्पष्टीकरण दिनुपर्ने निर्णय गरेको अधिवक्ता सिलवालले बताए।


















प्रतिक्रिया