२८ माघ २०८२, बुधबार | February 11, 2026

गीताप्रेस पुस्तक बिक्री केन्द्र बुटवलमा संचालन, अब पूर्वीय दर्शनका पुस्तकहरू स्थानीयस्तरमै उपलब्ध



बुटवल । पूर्वीय दर्शन तथा धार्मिक साहित्यका लागि प्रसिद्घ गीताप्रेसद्वारा प्रकाशित पुस्तकहरूको बिक्री-वितरण अब बुटवलबाटै हुने भएको छ । भारतको गोरखपुरस्थित गीताप्रेसले प्रकाशन गर्ने सम्पूर्ण पुस्तकहरू बुटवलस्थित नयाँ बिक्री केन्द्रमार्फत उपलब्ध हुने भएका हुन् ।

बुटवलको जेसिज चोकमा स्थापना गरिएको गीताप्रेस पुस्तक बिक्री केन्द्रबाट १८ पुराण, उपनिषद्, दर्शन, संस्कृत साहित्यदेखि विभिन्न धार्मिक-आध्यात्मिक पुस्तकहरू बिक्री तथा वितरण गरिने जानकारी दिइएको छ । बिक्री केन्द्र आगामी मंसिर १० गते बुधबार शुभारम्भ गरिनेछ । दुई रुपैयाँदेखि तीन हजार भारतीय मुद्रासम्मका पुस्तकहरू यहाँ उपलब्ध हुने केन्द्रका सञ्चालक तथा विश्व हिन्दू महासंघका वरिष्ठ उपाध्यक्ष शंकर खरालले बताए ।

उनका अनुसार अब पूर्वीय दर्शनका पुस्तकहरू खरिद गर्न भारत वा काठमाडौं धाउनुपर्ने आवश्यकता रहने छैन । बुटवलमा सञ्चालनमा आएको यो गीताप्रेसको दोस्रो शाखा हो । गीताप्रेसद्वारा प्रकाशित करिब तीन हजार पुस्तकमध्ये एक हजारभन्दा बढी शीर्षक बुटवल केन्द्रमै उपलब्ध रहने दाबी सञ्चालक खरालको छ । संस्कृत, नेपाली, अंग्रेजी तथा हिन्दी भाषामा उपलब्ध पुस्तकहरू ग्राहकको मागअनुसार उपलब्ध गराइने उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै विश्व ज्योतिष महासंघका अध्यक्ष तथा धार्मिक अभियन्ता जनार्दन न्यौपानेले मुलुकको पश्चिम क्षेत्रमा बसोबास गर्ने पाठकका लागि बुटवल पुस्तक केन्द्र उपयोगी सावित हुने विश्वास व्यक्त गरे । पूर्वीय दर्शन अध्ययन तथा आध्यात्मिक साहित्य रुचाउनेका लागि यस केन्द्रले सहज पहुँच प्रदान गर्ने उनले उल्लेख गरे ।

शुभारम्भ कार्यक्रममा हरेकृष्ण पूजा सामग्रीका सञ्चालक कृष्णप्रसाद खराल, गीताप्रेस पुस्तक बिक्री केन्द्रका सञ्चालक सतिष खराल, धार्मिक अभियन्ता सुन्दर भण्डारीलगायतले बुटवलमा सञ्चालनमा आएको यो केन्द्र पूर्वीय दर्शनका पुस्तकप्रेमी पाठकका लागि महत्वपूर्ण माध्यम बन्ने धारणा राखे ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ८ : ३५ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी