२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस, नेपालमा विविध कार्यक्रमसहित मनाइँदै



काठमाडौं । आज २५ नोभेम्बर, अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालभरि विविध कार्यक्रमसहित मनाइँदैछ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रूपमा मनाउने निर्णय गरेपछि हरेक वर्ष यो दिवस विश्वभर मनाइँदै आएको छ । नेपालमा २०५४ सालदेखि लैंगिक हिंसाविरुद्ध व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै यो अभियान मनाइँदै आएको हो ।

नेपालमा यो दिवस २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म ‘१६ दिने अभियान’ का रूपमा मनाउने परम्परा छ । शारीरिक, मानसिक, आर्थिक, सामाजिक, राजनीतिकलगायत विभिन्न रूपका हिंसाले महिलाहरू निरन्तर प्रभावित भइरहेका छन् ।

प्रत्येक वर्ष महिला अधिकारकर्मीहरूको सक्रिय सहभागिता र सरकारी तहको प्रतिबद्धता बीच पनि लैंगिक हिंसाको अवस्था उल्लेख्य रूपमा सुधार हुन सकेको छैन । महिला अझै पनि आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्रमा विभेदको शिकार भइरहेका छन् भने शारीरिक तथा यौनिक हिंसा अझै सामान्य चुनौती बनेको छ ।

ढुङ्गे युगदेखि आधुनिक २१ औँ शताब्दीमा प्रवेश गर्दा समाजले उल्लेख्य प्रगति गरे पनि आधा जनसंख्या प्रतिनिधित्व गर्ने महिलामाथि हुने हिंसामा पर्याप्त कमी आउन नसकेको अधिकारकर्मीहरूको भनाइ छ । पितृसत्तात्मक संरचनाले गर्दा समानताको अवधारणा धेरै पटक दोहोरिए पनि व्यवहारिक रूपमा महिलामाथि हिंसा र भेदभावको दुष्चक्र निरन्तर दोहोरिइरहेको छ ।

समाजमा महिलालाई शारीरिक, मानसिक वा मनोवैज्ञानिक रूपमा कमजोर ठान्ने पुरानै सोचका कारण आज पनि विभेद र हिंसाका घटनाहरू टुट्न सकेका छैनन् । लैंगिक समानता र हिंसा मुक्त समाज निर्माणका लागि निरन्तर पहलकदमी आवश्यक रहेको सरोकारवालाको भनाइ छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ६ : ५९ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२