बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बुटवल उपमहानगरपालिकाको नगर अधिवेशनबाट लक्ष्मण श्रेष्ठ “लक्की” सर्वसम्मतरूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन् । एकता, सहकार्य र संगठन सुदृढीकरणलाई प्राथमिकता दिएर अघि बढेको अधिवेशनले श्रेष्ठलाई नेतृत्वका लागि स्पष्ट समर्थन जनायो ।
बुधबार सम्पन्न अधिवेशन लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता राप्रपा बुटवल उपमहानगर अध्यक्ष निरज प्रताप खाणले गरेका थिए ।
अधिवेशनमा पार्टीको संगठन विस्तार, जनतामुखी कार्यक्रम सञ्चालन, वैकल्पिक राजनीतिको भूमिकालाई मजबुत बनाउने रणनीति तथा आगामी निर्वाचनका तयारीबारे विस्तृत छलफल गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले विश्वास र समर्थनका लागि सबै तहका कार्यकर्ताप्रति आभार व्यक्त गर्दै जनताका मुद्दा, पारदर्शी राजनीतिक आचरण र संगठन विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


















प्रतिक्रिया