१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

धनगढीबाट सुरु भयो नेकपाको ‘पार्टी एकता सन्देश सभा’



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा एकता सन्देश सभा आयोजना गरेको छ ।

कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेता भीम रावलसहित अन्य प्रमुख नेताहरूको उल्लेखनीय उपस्थिति छ ।

विभिन्न कम्युनिस्ट घटकहरूको एकतामार्फत राष्ट्रिय राजनीतिक स्थिरता र पार्टीभित्र व्यापक एकता सन्देश प्रसारण गर्ने उद्देश्यले शुरू गरिएको यो अभियान धनगढीबाट प्रारम्भ भएको हो।

नेताहरूले पार्टी एकताको आवश्यकता, जनताको अपेक्षाअनुसार कम्युनिस्ट आन्दोलनलाई पुनः सुदृढ बनाउने संकल्प गरेका छन् ।

सन्देशसभा सुरु हुनुअघि धनगढी बजारका विभिन्न स्थान हुँदै ठूलो संख्यामा नेता, कार्यकर्ता र समर्थकहरुले जुलुस र र्‍याली निकालेर कार्यक्रमलाई उर्जामय बनाएका थिए।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका विभिन्न कम्युनिस्ट घटकहरूको एकताबाट बनेको नेकपाले देशभर आफ्ना कार्यकर्ता तथा जनसमुदायबीच एकताको सन्देश फैलाउने उद्देश्यले सातै प्रदेशमा क्रमशः यस्ता सभाहरू आयोजना गर्ने जनाएको छ।

ती सबै सभामा शीर्ष नेताहरू सहभागी भएर संगठन विस्तार, राजनीतिक मार्गचित्र तथा जनताका मुद्दासम्बन्धी धारणा सार्वजनिक गर्नेछन्।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : ३१ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज