१३ भदौ २०८३, शनिबार | August 29, 2026

धनगढीबाट सुरु भयो नेकपाको ‘पार्टी एकता सन्देश सभा’



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा एकता सन्देश सभा आयोजना गरेको छ ।

कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेता भीम रावलसहित अन्य प्रमुख नेताहरूको उल्लेखनीय उपस्थिति छ ।

विभिन्न कम्युनिस्ट घटकहरूको एकतामार्फत राष्ट्रिय राजनीतिक स्थिरता र पार्टीभित्र व्यापक एकता सन्देश प्रसारण गर्ने उद्देश्यले शुरू गरिएको यो अभियान धनगढीबाट प्रारम्भ भएको हो।

नेताहरूले पार्टी एकताको आवश्यकता, जनताको अपेक्षाअनुसार कम्युनिस्ट आन्दोलनलाई पुनः सुदृढ बनाउने संकल्प गरेका छन् ।

सन्देशसभा सुरु हुनुअघि धनगढी बजारका विभिन्न स्थान हुँदै ठूलो संख्यामा नेता, कार्यकर्ता र समर्थकहरुले जुलुस र र्‍याली निकालेर कार्यक्रमलाई उर्जामय बनाएका थिए।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका विभिन्न कम्युनिस्ट घटकहरूको एकताबाट बनेको नेकपाले देशभर आफ्ना कार्यकर्ता तथा जनसमुदायबीच एकताको सन्देश फैलाउने उद्देश्यले सातै प्रदेशमा क्रमशः यस्ता सभाहरू आयोजना गर्ने जनाएको छ।

ती सबै सभामा शीर्ष नेताहरू सहभागी भएर संगठन विस्तार, राजनीतिक मार्गचित्र तथा जनताका मुद्दासम्बन्धी धारणा सार्वजनिक गर्नेछन्।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : ३१ बजे

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरो

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका

गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको

धुन्चेमा रोकिएका बाढी प्रभावितलाई वैकल्पिक मार्गबाट काठमाडौं ल्याइँदै

काठमाडौं । उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका बाढी प्रभावितलाई

चितवनमा सङ्कलित शवको डीएनए संकलन गरी समाधिस्थ गरिने

चितवन । रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका