२८ माघ २०८२, बुधबार | February 11, 2026

भैरहवामा १२ औं स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी-२० क्रिकेट प्रतियोगिता सुरु



भैरहवा । रुपन्देहीको भैरहवामा १२ औं संस्करणको स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । शुक्रबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सुरु प्रतियोगितामा न्यु मुन एकेडेमी र एभरेष्ट स्कूल विजयी भएका छन् । न्यु मुनले न्यु लाइट सेकेन्डरी स्कूललाई ८ विकेट र एभरेष्टले मुनलाइट इङ्गलिस बोर्डिङ स्कूललाई ४ विकेटले पराजित गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको न्यु लाइटले निर्धारित २० ओभरमा १४ ओभर २ बलमा अलआउट हुँदै ६५ रन बनायो । उसका लागि गगन अर्यालले १४ र शुसल खरेलले १० रन बनाए । बलिङमा न्यू मुनका आषिश यादवले ४ र इमरान शेखले ३ विकेट हात पारे ।

जवाफमा न्यु मुनले ७ ओभर ३ बलमा २ विकेट गुमाएर ६६ रन बनाउँदै जित निकाल्यो । उसको जितमा आषिश यादवले नटआउट ३३ र श्रीधर न्यौपानेले १६ रन जोडे । बलिङमा न्यु लाइटका भुवन ज्ञवाली र गगन अर्यालले १-१ विकेट लिए । खेलमा आषिश यादव प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

यस्तै, शुक्रबार नै भएको अर्को खेलमा टस जितेर ब्याटिङ गरेको मुनलाइटले ५ विकेटको क्षतिमा १ सय ३ रन बनायो । उसका लागि भानुबहादुर पाण्डेले २८, सुमन विष्टले नटआउट २४ र हर्षित शाहीले १९ रन जोडे । बलिङमा एभरेष्टका सौगात अर्याल र आदित्य देवकोटाले समान २-२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको एभरेष्टले १९ ओभर १ बलमा ६ विकेट गुमाएर १ सय ५ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सुशान्त गौतमले २० र पुरण न्यौपानेले नटआउट १४ रन बनाए । बलिङमा मुनलाइटका सुमन विष्ट र भानुबहादुर पाण्डेले २-२ विकेट लिए । खेलमा आदित्य देवकोटा प्लेयर अफ द म्याच भई पाँच सय प्राप्त गरे ।

यसअघि प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै प्याबसन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, सल्लाहकार महेश भूर्तेल, सदस्य प्रथम पराजुली लगायतले बोल्दै क्रिकेटले नेपाललाई विश्वमाझ चिनाएको जनाए । उनीहरुले भोलिका राष्ट्रिय खेलाडी भनेकै विद्यालय तहबाट उत्पादन हुने भन्दै अनुसाशित र लगनशील भएर खेल्न खेलाडीहरुलाई आग्रह गरे । विद्यालय तहका यस्ता प्रतियोगिताले नयाँ प्रतिभाहरु बारिह ल्याउन सहयोग पुग्ने उनीहरुको भनाई छ । रुपन्देही शिक्षासँगै पछिल्लो समय खेलकुदमा समेत हब बनेको उनीहरुकाले जनाए ।

विद्यालय तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा रुपन्देहीका ३० वटा विद्यालयकोे सहभागिता रहेको खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५-५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुसाशित टिमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्ने छ । प्रतियोगितालाई पर्वत ज्वेलर्स भैरहवाले प्रायोजन गरेको छ ।

 

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ६ : २२ बजे

सल्यानमा पिकअप जिप भीरबाट खस्दा चालकको मृत्यु, आमा-छोरीसहित तीन घाइते

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक पिकअप जिप दुर्घटना

बागलुङ-१ मा कांग्रेस, एमाले र राजमोबीच कडा प्रतिस्पर्धा हुने

गलकोट । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर

भारतमा कडा आईटी नियम : तीन घण्टाभित्रै गैरकानुनी कन्टेन्ट हटाउनुपर्ने

काठमाडौं । भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई लक्षित गर्दै कडा

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौं । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने

प्रधानमन्त्री कार्कीले राष्ट्रियसभामा चलचित्र विधेयक पेस गर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी