२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

एमालेको ११औँ महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयन



काठमाडौं । नेकपा एमालेले आगामी एघारौँ महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयन हुँदैछन् ।

एमाले केन्द्रीय कार्यालयका अनुसार ११ गते सबै प्रतिनिनिधिसभा क्षेत्रमा प्रतिनिधि चयनका लागि उम्मेदवारी दर्ता भइसकेपछि आज आवश्यक स्थानहरूमा मतदान हुँदैछ। केही निर्वाचन क्षेत्रमा सहमतिमै प्रतिनिधि चयन गरिएको छ ।

सहमति नजुटेका क्षेत्रमा आज बिहान ८ बजेदेखि मतदान शुरू भएको छ। मतदान दिउँसो २ बजेसम्म सम्पन्न हुनेछ। विभिन्न जिल्लाहरूले आफ्ना परिस्थितिअनुसार मतदान समय निर्धारण गरेका छन्।

एमालेले संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित र युवा कोटासहित करिब २ हजार प्रतिनिधि चयन गर्नेछ। त्यस्तै, प्रवास, जनसंगठन तथा विभिन्न विभागबाट थप करिब १ सय प्रतिनिधि छानिनेछन्। मनोनयनसमेत गरेर महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुने अनुमान छ।

यस अघि पार्टी सचिवालयले केन्द्रीय संगठन विभागले सिफारिस गरेको प्रतिनिधि छान्ने विधि पारित गरी मातहतका कमिटीहरूमा पठाइसकेको थियो। सचिवालयको निर्णयअनुसार प्रत्येक प्रतिनिधिसभा क्षेत्रबाट खुला दुई र महिला एक गरी तीन प्रतिनिधि निर्वाचित गरिनेछ। त्यसमध्ये कम्तीमा एक जना ४० वर्षभन्दा कम उमेरका युवा अनिवार्य रहने प्रावधान राखिएको छ।

८०० सदस्यसमेतको आधारमा एक प्रतिनिधि चयन गर्ने तथा सोहीअनुसार एक जना महिला प्रतिनिधि अनिवार्य हुने व्यवस्था छ। दलित सदस्य संख्या प्रतिपाँच सयमा एक प्रतिनिधि चयन गर्नुपर्ने नियम लागू गरिएको छ।
प्रदेशगत ट्रेड युनियनबाट सात जना, प्रत्येक जनसंगठनबाट पाँच तथा महासंघीय संरचनाका जनसंगठनबाट सातजना प्रतिनिधि रहनेछन्।

विभाग र कार्यालयहरूबाट एकरएक तथा प्रवासबाट महादेशअनुसार पाँच प्रतिनिधि सहभागिता रहनेछ।
यसबाहेक, केन्द्रीय कमिटीबाट ३५४, अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५ र सल्लाहकार परिषद्‌बाट २५ गरी कुल ४६४ जना स्वतः प्रतिनिधि हुनेछन्।

एमालेका कुल ६ लाख ६७ हजार ६३० संगठित सदस्यमध्ये प्रदेश, प्रतिनिधिसभा क्षेत्र, विशेष जिल्ला, दलित, ट्रेड युनियन, प्रवास, विभाग तथा जनसंगठनबाट गरी करिब १९ सयभन्दा बढी प्रतिनिधि चयन हुनेछ। साथै, केन्द्रीय कमिटीले अतिरिक्त पाँच प्रतिशत प्रतिनिधि मनोनयन गर्नेछ।

सचिवालयको पछिल्लो निर्णयअनुसार केही क्षेत्रमा प्रतिनिधि संख्या थप गर्दै अनुपात समायोजन गरिएको तथा सोहीअनुसारको विधि सम्बन्धित कमिटीमा पठाइएको एमालेले जनाएको छ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ९ : ४१ बजे

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको

सभामुख अर्यालको शपथ आइतबार

काठमाडौं। नवनियुक्त सभामुख डोलप्रसाद अर्यालको पद तथा गोपनीयताको शपथग्रहण आइतबार

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री वाग्ले

वीरगञ्ज । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम

औषधि पसल र थोक बिक्रेतालाई ‘कुशल फार्मेसी अभ्यास’ मापदण्ड पालना गर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले औषधि बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित,

भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको तयारी

भक्तपुर । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म