१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज भएको दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा जनकपुरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकामा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४५ रन बनायो । जसमा सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५०, जान निकलो लोफ्टी ईटनले ३९ रनको योगदान गरे ।

बलिङमा सुदूरपश्चिमका अभिनाश बोहराले चार, स्कट कुगेलेइन तीन विकेट लिए ।

तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आज जित निकाल्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ । अङ्क तालिकाको पुछारमा रहेको जनकपुरले यो खेल नजिते ‘प्लेअफ’ दौडबाट बाहिरिने सम्भावना छ ।

यता अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ ।

आजको खेल जितेर सुदूरपश्चिम ‘प्लेअफ’मा स्थान सुरक्षित गर्न चाहन्छ । यसका साथै सुदूरपश्चिम गत संस्करणको फाइनलमा जनकपुरसँग हारेको बदलासमेत लिने दाउमा छ ।

आजै भएको पहिलो खेलमा लुम्बिनीसँग पोखरा पराजित भएको थियो।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ५ : ४३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा