बुटवल । आगामी ११औँ महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न नेकपा एमाले रूपन्देही क्षेत्र नं-२ मा भएको निर्वाचनबाट १० जना उम्मेदवार विजयी भएका छन् । ६ हजार ५१ संगठित सदस्यबीच शनिबार भएको मतदानबाट खुला, महिला र युवा-गरी तीन क्लस्टरमार्फत प्रतिनिधि छनोट गरिएको हो ।
खुला क्लस्टरबाट गोपाल राना, बासुदेव घिमिरे, राजु गुरुङ, तेजेन्द्र केसी, बावुराम भट्टराई र कुमार थापा विजयी भएका छन् । महिला क्लस्टरबाट ज्ञानु केसी, कल्पना थापा र बिमला श्रेष्ठ निर्वाचित भएकी छन् । युवातर्फ बालकृष्ण पाण्डे विजयी बनेका छन् ।
प्रतिनिधि चयन हुने १० स्थानका लागि २७ जनाले उम्मेदवारी दिएका थिए । शनिबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म मतदान भएको थियो भने मतगणना सकेर आइतबार बिहान ४ बजे परिणाम सार्वजनिक गरिएको हो ।


















प्रतिक्रिया