काठमाडौं । नेकपा (एमाले)ले आफ्नो ११औं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।
आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन्।
सार्वजनिक लोगोमा राष्ट्रिय झन्डासँगै धरहरा र पाँचतले दरबारको प्रतीकात्मक आकृति समावेश गरिएको छ। यसपटक महाधिवेशनको नारा ‘निर्णय राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय गरिएको छ।
एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा आयोजना गरिनेछ भने बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न हुनेछ।


















प्रतिक्रिया