१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

महाधिवेशनले उन्नत र रुपान्तरित एकता प्रदर्शन गर्ने अध्यक्ष ओलीको विश्वास



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनले उन्नत र रुपान्तरित एकता प्रदर्शन गर्ने बताएका छन ।

एमालेको केन्द्रीय प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित ११ औँ महाधिवेशनको प्रतीक चिह्न ९लोगो० सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले सर्वसहमतिका नाममा एमालेभित्र प्रतिस्पर्धा गर्न दिइन्न वा जसरी पनि चुनावै हुनुपर्छ भन्ने प्रचार या सोच गलत रहेको बताए । उनले अध्यक्षका हैसियतमा आफ्नो प्रयास, सहमति, एकता, रुपान्तरण र पुस्तान्तरणका लागि केन्द्रित हुने स्पष्ट पारे ।

“सर्वसम्मतिका नाममा सेन्टिमेन्टल हिसाबले कसैलाई रोक्ने वा छेक्ने काम हुँदैन । स्वच्छ प्रतिस्पर्धा हुनेछ । एमालेमा प्रजातन्त्र छैन । चुनावै लडेनन् वा कसैलाई चुनाव लड्न दिएनन् भनिरहनु पर्दैन”, अध्यक्ष ओलीले भने, “चुनाव लड्न पाइन्छ तर अध्यक्षका रुपमा मेरो आग्रह छ । एकताबद्ध भएर जाऔँ, एकार्कामा नकारात्मक टीकाटिप्पणी गर्ने, खुइल्याउने, होच्याउने र अपमान गर्ने जस्ता काम कसैले नगरौँ ।”

कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि लोगो सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ६ : ५३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले