२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बुटवलमा ईटीजीको तेस्रो शाखा सञ्चालन, विदेश अध्ययन परामर्श अब झन् सहज



बुटवल । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि शिक्षा परामर्श प्रदान गर्दै आएको ‘एजुकेशन ट्री ग्लोबल’ (ईटीजी) ले बुटवलको ट्राफिकचोकमा आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, युके, युएसए तथा युरोपियन मुलुकहरूमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सहज र नजिकैबाट सेवा दिन बुटवल शाखा सञ्चालनमा ल्याइएको हो ।

शाखाको उद्घाटन गर्दै देवदह नगरपालिका प्रमुख धुर्व खरेलले विदेश जाने विद्यार्थीका लागि बुटवलमै परामर्श सेवाको पहुँच विस्तार हुनु सकारात्मक कदम भएको बताए । उनले विदेशमा अध्ययनपछि स्वदेशमै फर्केर योगदान दिन सक्ने वातावरण बनाउनु आजको आवश्यकतासमेत रहेको उल्लेख गरे । वैदेशिक युवा पलायनले मुलुक कमजोर बन्दै गएको भन्दै उनले विदेश जाने युवालाई स्वदेशमै भविष्य बनाउन सहयोगी परिस्थितिको विकास आवश्यक भएको धारणा राखे ।

ईटीजीका सञ्चालक क्षितिज पौडेलका अनुसार स्थापना भएको चार वर्षमा एक हजारभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि विदेश पठाइएका छन् । बुटवलमा शाखा विस्तार भएपछि यस क्षेत्रका विद्यार्थीलाई अब राजधानी धाउनुपर्ने आवश्यकता कम भएको उनले बताए ।

बुटवल शाखाका सञ्चालक सुरज खरेलले शाखा सञ्चालन भएको ६ महिनामै १० जना विद्यार्थीलाई विदेश पठाइ सकिएको जानकारी दिए । उनले ईटीजीले गुणस्तर सेवामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

ईटीजीका अर्का सञ्चालक जीवन अधिकारीले काठमाडौं पुतलीसडकस्थित शाखासहित अष्ट्रेलियामा पनि कार्यालय रहेकोले त्यहाँ अध्ययन गर्ने विद्यार्थीलाई परामर्श र आवश्यकता पर्दा सहयोग उपलब्ध गराइने बताए । सिराहामा दोस्रो शाखा सञ्चालन भइसकेको र सोमबारदेखि चितवनमा तेस्रो शाखा विस्तार हुने जानकारी समेत दिए ।

बुटवल शाखा सञ्चालनका लागि करिब ५० लाख रुपैयाँ लगानी गरिएको र ६ जनाले प्रत्यक्ष रोजगारी पाएको सञ्चालक खरेलले बताए ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ७ : १५ बजे

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर