२२ भदौ २०८३, सोमबार | September 7, 2026

क्यानन दोस्रो सेभेन एसाईड फुटबल प्रतियोगिता सुरु



बुटवल । बुटवल-८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता आईतबारदेखि सुरु भएको छ । प्रतियोगिताको एक समारोहका विच रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले उद्घाटन गरे ।

उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष पुनले विद्यालयहरुले खेलकुदलाई अनिवार्य पाठ्यक्रममा राखेर अगाडि बढाउनुपर्नेमा जोड दिए । यस्तै उद्घाटनका अवसरमा क्यानन माविका अध्यक्ष थानेश्वर पौडेलले खेलको विकास र विद्यार्थीहरुलाई सामाजिक, आर्थिक, शैक्षिक रुपमा भविष्य बनाउने प्ररेणाका लागि प्रतियोगिता गरेको बताए ।

यसैगरी विद्यालयका प्राचार्य शंकर भण्डारीले आफूहरुले सेभेन ए साईड फुटबल प्रतियोगितालाई ब्राण्डका रुपमा स्थापित गर्ने जमर्को स्वरुप जिल्ला स्तरीय प्रतियोगिता गरेको बताए । उनले हरेक विद्यालयले एउटा विधाको खेललाई प्रोत्साहन गर्नसक्ने बताए ।

सोमबार भएको उद्घाटन खेलमा ६ वटा विद्यालय अघिल्लो चरणमा प्रवेश गरेका छन् । सिद्धेश्वर खेलमैदानमा भएको पहिलो खेलमा सेभेन स्टार विद्यालयलाई कान्ति माविले १-० ले पराजित गर्‍यो । कान्ति माविका रञ्जित कुँवरले गरेको १ गोल नै निर्णायक भयो ।

यस्तै दोस्रो खेलमा गत वर्षको विजेता स्कलर्स होम बोर्डिङ स्कूले नविन औद्योगिक मावि बुटवललाई पराजित गरेको छ । निर्धारित समय गोलरहित बराबरी भएपनि खेल ट्राइबेकरमा ३-२ ले स्कलर्स होमले जित निकालेको हो । ट्राइबेकरमा स्लकर्सका गोलकिपर नविन मस्राङ्गीले उत्कृष्ट बचाउ गर्दै खेलमा जित निकाले ।

प्रतियोगिता अन्तर्गत आईतबार भएको तेस्रो खेलमा समिट बोर्डिङ स्कूललाई ट्राईबेकरमा अक्सफोर्ड माविको ‘ए’ ले ३ गोल गरी विजयी भएको छ । यसैगरी चाथौ खेलमा न्यू नमूना स्कूल प्रतियोगितामा नआएपछि ग्लोरी बोर्डिङ स्कूल वाकओभर पाएर अगाडि बढेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले बताए ।

पाँचौ खेलमा नविक औद्योगिक कदर बहादुर रीता माविले तिलोत्तमा माविलाई १-० ले पराजित गराएको छ । नविन बिका नविन परियारले एक गोल गरेका थिए । यसैगरी दीप बोर्डिङ स्कूल र एभरेष्ट बोर्डिङ स्कूलका विचमा भएको अन्तिम तथा छैटौं खेलमा ट्राईबेकर मार्फत एभरेष्ट बोर्डिङ स्कूल विजयी भएको छ ।

१९ गतेसम्म चल्ने प्रतियोगितामा २९ वटा विद्यालयले भाग लिएका छन् । प्रतियोगिता अन्तर्गत सोमबार पनि ६ वटा खेल हुने खेल संयोजक पवन बस्यालले बताए । प्रतियोगितामा विजेता टिमले ५५ हजार ५५५, उपविजेताले ३३ हजार ३३३, उत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँ सहित पुरस्कृत गरिने सहप्राचार्य विष्णु प्रसाद न्यौपानेले बताए ।

प्रतियोगितामा उत्कृष्ट गोल रक्षक र गोल स्कोरलाई ३/३ हजार तथा हरेक खेलको म्यान अफ दिन म्याचलाई ५५५ रुपैयाँले पुरस्कृत गरिएको छ । गत वर्ष स्कलर्स होम बोर्डिङ स्कूलले उपाधि चुमेको थियो भने नविन औद्योगिक कदरबहादुर रीता मावि उपविजेता बनेको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ७ : ३२ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा