३० भदौ २०८३, मंगलबार | September 15, 2026

नेवाः लोककला कार्यशाला : महिलाहरुले सिके यःमरि बनाउने कला



काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आज महिलाहरुले यःमरि बनाउने कला सिकेका छन् ।

प्रतिष्ठानको आयोजना तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा आज यहाँ भएको ‘नेवाः लोककला अन्तरक्रिया तथा कला कार्यशाला’का अवसरमा महिलाहरुले नेवार समुदायको मौलिक खाना यःमरि बनाएर देखाएका थिए ।

उक्त कला ५० भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । उनीहरुले कार्यक्रममा पीठो मुछेर कला सिर्जना गरेका थिए ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव डा सुरेश सुरस श्रेष्ठले उद्घाटन गरेको कार्यशाला मौलिक लोककलाको जगेर्नाका लागि आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस कार्यक्रमले पहिचान र कला जागरणको कुरा उठाएको बताए । उनले कार्यशालामा सहभागीले संस्कृतिलाई कलाको बिम्बीकरण गरेर देखाएको कला महत्वपूर्ण भएको धारणा राखे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव डा सुरेश सुरस श्रेष्ठले नेपालमा यःमरि जस्ता विभिन्न अभौतिक सांस्कृतिक सम्पदा लुकेर रहेको र त्यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले नेवाः समुदायको परिचय बोकेको यःमरिलगायतका लोककलाको संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गरिनु अहिलेको आवश्यकता भएको बताए ।

प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले लोककला, संस्कृतिको संरक्षण र पुस्तान्तरणको उद्देश्य राखेर यस कार्यक्रमको आयोजना गरिएको बताए । उनले आगामी दिनमा यस किसिमका कार्यक्रमलाई निरन्तरता दिँदै जाने धारणा राखे ।

समारोहमा त्रिभुवन विश्वविद्यालयको नेपालभाषा केन्द्रीय विभागका सहप्राध्यापक डा राजनलाल जोशीले ‘यःमरि कलाकारिताको प्रारम्भ’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो कार्यपत्रमाथि कलाकार तथा कार्यक्रम संयोजक मनरा प्रजापतिले टिप्पणी गरेकी थिइन् । कार्यक्रमको प्रशिक्षकका रूपमा सुमन महर्जन रहेकी थिइन् भने कलाकार सम्झना राजभण्डारीले पनि यःमरी कलाका बारेमा आफ्ना अनुभवको चर्चा गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ९ : ०४ बजे

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको