काठमाडौं । सुरुआती अग्रता लिएको गिरोनाविरुद्ध रियल म्याड्रिड पेनाल्टीको सहायताले हारबाट जोगिएको छ । पहिलो हाफमा १-० ले पछि परेको रियलले दोस्रो हाफमा पाएको पेनाल्टीको सदुपयोग गर्दै खेल बराबरीमा ल्यायो ।
सोमबार राति भएको खेलमा पहिलो हाफको अन्तिम मिनेटमा अज्जेदिन औनाहीले गोल गर्दै गिरोनालाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ६८ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई केलियन एमबाप्पेले गोलमा परिणत गरेपछि रियल खेलमा फर्किएको हो ।
खेलको बाँकी समयमा दुवै पक्षले केही प्रभावकारी अवसर निर्माण गरे पनि गोल हुन नसक्दा खेल १-१ को बराबरीमा सम्पन्न भयो ।


















प्रतिक्रिया