२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशन कार्यतालिका टुंग्याउँदै



काठमाडौं । पटक-पटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आगामी पुस २६ देखि २९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने सहमति बनेपछि बैठक आजै बस्ने भएको हो ।

असोज २८ गतेदेखि महाधिवेशनसम्बन्धी विवादमा अल्झिएको कांग्रेसले सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार निकास निकालेसँगै बैठकको मार्ग खुलेको हो ।

आजको बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गर्नेछन् । आइतबार महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासमेतको उपस्थितिमा कार्यवाहक सभापति खड्काले सभापतिको आग्रहअनुसार कार्यतालिका प्रस्ताव तयार पारेका थिए ।

यसअघि महामन्त्री र सहमहामन्त्रीले छुट्टाछुट्टै प्रस्ताव पेस गरेकाले सहमतिको रूपमा कार्यवाहक सभापतिकै प्रस्ताव बैठकमा प्रस्तुत गर्न लागिएको हो । स्रोतका अनुसार कार्यतालिका प्रस्ताव छलफलका लागि नभई निर्णयार्थ पेस गरिनेछ ।

स्रोतले भन्यो, “जसरी सदनमा टेबुल गर्ने क्रममा मन्त्रीले प्रस्ताव राख्छन् र अन्त्यमा सभामुखले निर्णयार्थ प्रस्ताव प्रस्तुत गर्छन्, त्यस्तै प्रक्रिया यहाँ पनि हुनेछ । यदि कसैले विमति राखेमा मतविभाजनमार्फत निर्णय हुनेछ ।”

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ७ : ५३ बजे

भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौं । भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

आर्टिफिसियल इन्टेलिजेन्सको अदृश्य लागत – ऊर्जा, पानी र डाटा सेन्टरको बढ्दो दबाब

डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) विश्वव्यापी परिवर्तनको प्रमुख शक्ति बनिरहेको

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा

काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौं । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको सभामुख