२२ भदौ २०८३, सोमबार | September 7, 2026

दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता : ६ विद्यालय अघिल्लो चरण प्रवेश



बुटवल । बुटवल-८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा जारी दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन सोमबार पनि ६ वटा खेलहरु भएका छन् । सोमबारको पहिलो खेलमा सैनामैना माविले नयाँगाउँ माविलाई २-० ले हराउँदै विजयी भएको हो ।

सैनामैनाका मिलन केसी र सुबास नेपालीले १-१ गोल गरेका थिए । यसैगरी दोस्रो खेलमा केरवानी मावि प्रतिस्पर्धामा नआएपछि आयोजक क्यानन मावि ‘सि’ वाकओभर पाएर अघिल्लो चरणमा पुगेको छ । सिदेश्वर खेल मैदानमा भइरहेको खेलको तेस्रो खेलमा भने देवदह बुद्ध पब्लिक स्कूल विजयी भएको छ ।

देवदह बुद्ध पब्लिकले न्यू इन्भामेन्टलाई २-० ले पराजित गरेको हो । यसैगरी चौथो खेलमा मणिमुकुन्दले ग्रिन प्लान्टलाई ३-० गोल अन्तरले हराउँदै विजयी भएको छ । मणिमुकुन्दका विविश गाहा, सुजन जिसि, सागर थापाले गोल गरेका थिए । यसैगरी दिँउसो ३ बजेपछि भएको खेलमा होराईजन होराईजन इंगलिश बोर्डिङले सनसाईन भैरहवालाई २-० गोलले पराजित गरेको छ । होराईजन इंगलिश बोर्डिङ स्कूलका सुजल बराल र सन्तोष कार्कीले गोल गरेको खेल संयोजक पवन बस्यालले जनानकारी दिए ।

यसैगरी सोमबारको अन्तिम खेलमा आयोजक क्यानन मावि र होराईजन जिबिएसले निर्धारित समयमा २-२ को बराबरी खेल गरेपछि खेल ट्राइबेकरमा धकेलियो । ट्राईबेकरमा होराईजन जिबिएसले विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

सोमबार भएका ६ खेलबाट सन्तोष कार्की, विवश गाहा, सन्देश गुरुङ र सुबास नेपाली म्यान अफ द म्याच भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले जानकारी दिए । म्यान अफ दिन म्याचलाई ५५५ रुपैयाँले पुरस्कृत गरिएको थियो । मंगलबार पनि ६ वटा विद्यालयका विचमा प्रतिस्पर्धा हुनेछ ।

रुपन्देहीका सामुदायिक तथा संस्थागत विद्यालयका विचमा भएको प्रतिस्पर्धाले विद्यालय तहबाटै खेलकुदको विकासमा उर्जा थपेको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए ।

१९ गतेसम्म चल्ने प्रतियोगितामा विजेता टिमले ५५ हजार ५५५, उपविजेताले ३३ हजार ३३३, उत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । आईतबार भएको खेलमा कान्ति मावि,स्कलर्स होम बोर्डिङ स्कूल, अक्सफोर्ड मावि, नविन औद्योगिक कदर बहादुर रीता मावि र एभरेष्ट बोर्डिङ स्कूल विजयी भएका थिए । गत वर्ष स्कलर्स होम बोर्डिङ स्कूलले उपाधि चुमेको थियो भने नविन औद्योगिक कदरबहादुर रीता मावि उपविजेता बनेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ७ : ४६ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा