१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता : ६ विद्यालय अघिल्लो चरण प्रवेश



बुटवल । बुटवल-८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा जारी दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन सोमबार पनि ६ वटा खेलहरु भएका छन् । सोमबारको पहिलो खेलमा सैनामैना माविले नयाँगाउँ माविलाई २-० ले हराउँदै विजयी भएको हो ।

सैनामैनाका मिलन केसी र सुबास नेपालीले १-१ गोल गरेका थिए । यसैगरी दोस्रो खेलमा केरवानी मावि प्रतिस्पर्धामा नआएपछि आयोजक क्यानन मावि ‘सि’ वाकओभर पाएर अघिल्लो चरणमा पुगेको छ । सिदेश्वर खेल मैदानमा भइरहेको खेलको तेस्रो खेलमा भने देवदह बुद्ध पब्लिक स्कूल विजयी भएको छ ।

देवदह बुद्ध पब्लिकले न्यू इन्भामेन्टलाई २-० ले पराजित गरेको हो । यसैगरी चौथो खेलमा मणिमुकुन्दले ग्रिन प्लान्टलाई ३-० गोल अन्तरले हराउँदै विजयी भएको छ । मणिमुकुन्दका विविश गाहा, सुजन जिसि, सागर थापाले गोल गरेका थिए । यसैगरी दिँउसो ३ बजेपछि भएको खेलमा होराईजन होराईजन इंगलिश बोर्डिङले सनसाईन भैरहवालाई २-० गोलले पराजित गरेको छ । होराईजन इंगलिश बोर्डिङ स्कूलका सुजल बराल र सन्तोष कार्कीले गोल गरेको खेल संयोजक पवन बस्यालले जनानकारी दिए ।

यसैगरी सोमबारको अन्तिम खेलमा आयोजक क्यानन मावि र होराईजन जिबिएसले निर्धारित समयमा २-२ को बराबरी खेल गरेपछि खेल ट्राइबेकरमा धकेलियो । ट्राईबेकरमा होराईजन जिबिएसले विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

सोमबार भएका ६ खेलबाट सन्तोष कार्की, विवश गाहा, सन्देश गुरुङ र सुबास नेपाली म्यान अफ द म्याच भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले जानकारी दिए । म्यान अफ दिन म्याचलाई ५५५ रुपैयाँले पुरस्कृत गरिएको थियो । मंगलबार पनि ६ वटा विद्यालयका विचमा प्रतिस्पर्धा हुनेछ ।

रुपन्देहीका सामुदायिक तथा संस्थागत विद्यालयका विचमा भएको प्रतिस्पर्धाले विद्यालय तहबाटै खेलकुदको विकासमा उर्जा थपेको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए ।

१९ गतेसम्म चल्ने प्रतियोगितामा विजेता टिमले ५५ हजार ५५५, उपविजेताले ३३ हजार ३३३, उत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । आईतबार भएको खेलमा कान्ति मावि,स्कलर्स होम बोर्डिङ स्कूल, अक्सफोर्ड मावि, नविन औद्योगिक कदर बहादुर रीता मावि र एभरेष्ट बोर्डिङ स्कूल विजयी भएका थिए । गत वर्ष स्कलर्स होम बोर्डिङ स्कूलले उपाधि चुमेको थियो भने नविन औद्योगिक कदरबहादुर रीता मावि उपविजेता बनेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ७ : ४६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा