१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सुनौलीबाट दिल्ली जाँदै गरेको बसमा भीषण आगलागी, अधिकांश यात्रु बुटवलका



काठमाडौं । सोमबार मध्यराति भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा नेपाल-भारत सीमा क्षेत्र सुनौलीबाट दिल्लीतर्फ जाँदै गरेको यूपी-२२ एटी ०२४५ नम्बरको निजी बसमा भीषण आगलागी हुँदा अनेक नेपाली यात्रु घाइते भएका छन् । बसमा कुल ४५ यात्रु सवार थिए, जसमा धेरैजना बुटवल तथा आसपासका रहेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

घाइतेहरूको सूचीअनुसार गुल्मी तम्घासका शिवबहादुर परियार, पूर्णिमा परियार, कावासोतीका कृष्णबहादुर, विष्णुबहादुर, अनिलबहादुर, सरस्वती र बुटवलका दिवाकर न्यौपाने घाइते रहेका छन् ।

त्यसैगरी बुटवलकी दिया योगी, गुल्मी तम्घासका विशाल गुरुङ, छत्रकोटका लालबहादुर, गुल्मीकै उसा, स्याङ्जाका सुबोध अर्याल, मोरङका कमलबहादुर पौडेल र भुवन पनि घाइतेको सूचीमा परेका छन् ।

घाइतेमध्ये पाल्पाका ओमबहादुर, गुल्मी तम्घासका वसन्त सर्तुंगी, बुटवलका सोनाम, अनिसा, गुनबहादुर, सुनवल-नवलपरासीका बोधबहादुर र धनकुमारी पनिसमेत छन् ।

त्यसैगरी भारतका भगवानपुर, बिहारका खैरुल बुभ र नाउद अली तथा कर्नाल, हरियाणाका विक्रम पनि दुर्घटनामा घाइते भएको पुष्टि भारतीय मिडियाले गरेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १२ : ०८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा