काठमाडौं । नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा विदेशका राजनीतिक दलका प्रतिनिधि सहभागी नहुने भएका छन् । छोटो समयमा नै महाधिवेशन गर्नुपरेकाले यसपटक विदेशका मैत्री तथा भाइचारा सम्बन्ध भएका राजनीतिक दललाई नबोलाउने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
“महाधिवेशनको समय छोटो समयमा नै तोक्यौँ । समय कम भएकाले उहाँहरूलाई नबोलाउने निर्णय गरेका हौँ,” उनले भने, “महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना सन्देशमा भने आउनेछ ।”
एमालेले यसअघि चीन, भारत, भियतनामलगायत मैत्री तथा भाइचारा सम्बन्ध भएका करिब ५० राजनीतिक दललाई महाधिवेशनको उद्घाटनसत्रमा अतिथिका रूपमा बोलाउने गरेको थियो । एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ ।


















प्रतिक्रिया