१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सुनौली-दिल्ली बस दुर्घटना अपडेट : ३ जनाको मृत्यु, २४ जना घाइते



बुटवल । सोमबार मध्यराति भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा नेपाल-भारत सीमा क्षेत्र सुनौलीबाट दिल्लीतर्फ जाँदै गरेको यूपी-२२ एटी ०२४५ नम्बरको निजी बसमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

सोनौलीबाट दिल्लीतर्फ जाँदै गरेको यात्रु बस र विपरीत दिशाबाट आइरहेको यूपी-२१ डिटी ५२३७ नम्बरको मालवाहक ट्रक एक आपसमा ठोक्किँदा बस सडक छेउमा पल्टिँदै आगो लागेको भारतीय प्रहरीले जनाएको छ ।

दुर्घटनापछि सूचना पाएलगत्तै स्थानीय प्रहरी, पीआरभी र दमकल टोली घटनास्थल पुगेको थियो । आगो नियन्त्रणमा लिएर यात्रुहरूको उद्धार गरिएको र गम्भीर घाइतेलाई तत्काल अस्पताल पुर्‍याइएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये अधिकांश नेपाली नागरिक रहेका छन् ।

संयुक्त जिल्ला अस्पताल बलरामपुरमा पुर्‍याइएका दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए । अर्का एक यात्री ट्रकको मुनि दबिएको अवस्थामा मृत फेला परेका थिए । मृतकको पहिचान खुल्ने प्रक्रिया जारी छ ।

दुर्घटनामा २४ जना घाइते भएका छन्, जसमा बुटवल, गुल्मी, पाल्पा, नवलपरासीलगायत क्षेत्रका नेपाली नागरिकको संख्या बढी छ । प्रारम्भिक उपचारपछि केहीलाई अन्य अस्पतालमा रेफर गरिएको छ ।

मेमोरियल अस्पताल बलरामपुरमा रिचा योगी (२६, बुटवल) लाई उपचार गरिँदै छ । मेडिकल कलेज बहराइचमा कृष्णबहादुर (५८, नवलपरासी), विष्णुमाया (५२, नवलपुर), अनिलबहादुर (१६, बुटवल), दिवाकर (४२, बुटवल) र धनकुमारी (६०, बुटवल) लाई रेफर गरिएको छ। मेडिकल कलेज लखनऊमा कृष्णबहादुर (५८, नवलपरासी) लाई सारिएको छ । अन्य घाइतेहरू बलरामपुरकै संयुक्त जिल्ला अस्पतालमा उपचाररत छन् ।

दुर्घटनामा परेकाहरूको विस्तृत पहिचान समेत सार्वजनिक गरिएको छ, जसअनुसार शिवबहादुर परियार, पूर्णिमा परियार, सरस्वती पावडेल, विशाल गुरुङ, लालबहादुर, उषा, सुभाष आर्यन, कन्नलबहादुर, भूषण, ओमबहादुर, बसन्त, सनम, अनीशा, गुलबहादुर, बोधबहादुरलगायतका नेपाली नागरिक घाइते छन् ।

यतिबेला दुर्घटना स्थलमा आवश्यक प्राविधिक कार्य सम्पन्न भइसकेको र सडक पुनः सुचारु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ४ : १३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा