१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य सचिव श्रेष्ठद्वारा पदभार ग्रहण



काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य सचिव दीपक श्रेष्ठले बुधबार दिउँसो कोषको केन्द्रीय कार्यालयमा हाजिरी गर्दै औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले श्रेष्ठलाई सदस्य सचिवमा मनोनयन गरेपछि उनले आजदेखि जिम्मेवारी सम्हालेका हुन् ।

श्रेष्ठले केही समय नागरिक उड्डयन प्राधिकरणमा काम गरिसकेपछि २०६७ सालमा नेपाल खानेपानी संस्थानमा प्रवेश गरेका थिए । संस्थानअन्तर्गत बनेपा र धरान शाखामा प्रमुखका रूपमा जिम्मेवारी सम्हालेपछि उनी २०७० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहे ।

अख्तियारमा रहँदै उनले झन्डै आठ वर्षसम्म भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उत्कृष्ट कार्यसम्पादनका लागि खानेपानी संस्थान र अख्तियार दुवै संस्थाबाट उनले सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए ।

पछिल्लो समय उनले खानेपानी संस्थानको प्राविधिक अनुगमन तथा निरीक्षण शाखाको प्रमुखका रूपमा काम गर्दै आएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : ३७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा