११ कार्तिक २०८३, बुधबार | October 28, 2026

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल जालझेलमार्फत व्यक्तिगत फाइदा उठाउने गतिविधिलाई ‘पार्ट अफ करप्सन’ का रूपमा व्याख्या गर्दै कडा चेतावनी दिएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्ता कृत्य सह्य नहुने स्पष्ट पार्दै राष्ट्र बैंकले कठोर कदम चाल्ने बताए ।

उनका अनुसार, सरकारी बैंकमा केही प्रक्रिया मिलाइदिने नाममा पैसा माग्ने गतिविधि भएमा सरकार पक्षले जोखिम बेहोर्ला तर निजी बैंकमा यस्तो प्रयास भयो भने राष्ट्र बैंक अत्यन्त कडा रूपमा अघि बढ्नेछ ।

गभर्नर पौडेलले भने, “अर्काको कोल्याटर जबरजस्ती बेचेर फाइदा लिन खोज्नु नै भ्रष्टाचारको हिस्सा हो, राष्ट्र बैंकले यस्तो कदापि सहँदैन।”

गभर्नरले आर्थिक गतिविधि सुदृढ बनाउन राष्ट्र बैंकले हालै विभिन्न नीतिहरू परिमार्जन गरेको जानकारी पनि दिए । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत वित्तीय संस्थाहरूलाई नाफा बढाउन सहज बनाइएकाले बैंकहरूलाई डिजिटल कारोबार विस्तार तथा लगानी बढाउन प्रेरणा मिल्ने बताइएको छ । साथै, महानगरमा रहेका धेरै बैंक शाखा आवश्यकताअनुसार बन्द गर्न बाटो खोलिएको उनको भनाइ छ।

उनले बैंक तथा वित्तीय संस्थाहरूको नाफा र लगानी दुवै सुदृढ बनाउन राष्ट्र बैंक निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै “सही–गलत पहिचान गरेर उचित नीति निर्माण गर्ने” प्रतिवद्धता व्यक्त गरे ।

देशको अर्थतन्त्रमा मुभमेन्ट ल्याउन मनोवैज्ञानिक प्रभाव ठूलो हुने उल्लेख गर्दै उनले पछिल्ला दस वर्षमा आईटी, पूर्वाधार र अन्य क्षेत्रहरूमा उल्लेख्य प्रगति भएको बताए । श्रीलंका कठिनाइपछि पुनः सुधारतर्फ उक्लिएको उदाहरण दिँदै नेपालले पनि सही कदमका साथ तीव्र सुधार गर्ने विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १२ : ५२ बजे

सुर्खेतमा चिर्पट प्रहारबाट ६२ वर्षीय मानबहादुर राजीको मृत्यु, एक जना पक्राउ

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा दाउराको चिर्पट प्रहारबाट घाइते

सुनको मूल्य तोलामा ९ सय र चाँदीको १० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ।

अबदेखि नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट पनि बनाउन सकिने

काठमाडौं । अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने भएको छ

आन्ध्र प्रदेशको तटीय क्षेत्रमा १५० किमि प्रतिघण्टासम्मको हावाहुरी

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको

भूमिगत राजनीतिदेखि कृषि उद्यमसम्म : म्याग्दीका पूर्व संविधानसभा सदस्य श्रीसको नयाँ यात्रा

म्याग्दी । कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मङ्गला