२२ मंसिर २०८२, सोमबार | December 8, 2025

छत्रदेव-छत्रगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा



अर्घाखाँची । छत्रदेव गाउँपालिका-५ नं. वडा कार्यालयको सहकार्यमा छत्रगञ्ज-रुपन्देही सम्पर्क समाजले सञ्चालन गरेको ‘हाम्रो स्वास्थ्य, हाम्रो पहल–स्वस्थ जीवन अभियान-२०८२’ अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर मंसिर २० गते श्री सार्वजनिक माध्यमिक विद्यालय, छत्रगञ्ज बहखोरमा सम्पन्न भएको छ । स्वास्थ्य सेवा पहुँचभन्दा टाढा रहेका समुदायलाई प्रारम्भिक स्वास्थ्य परीक्षण तथा निःशुल्क उपचार प्रदान गर्नु शिविरको मुख्य उद्देश्य थियो ।

उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुर्गम बस्तीमा स्वास्थ्य सेवा पुर्‍याउन यस्ता शिविरले ठूलो योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै समाजको निरन्तर प्रयासको प्रशंसा गरे । उनले विशेषगरी आर्थिक रूपमा कमजोर नागरिकलाई घरमै निःशुल्क सेवा उपलब्ध गराउनु अत्यावश्यक रहेको बताए ।

समाजका अध्यक्ष सिद्धार्थ पन्थीको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा भिडियो एक्स-रे, औषधि वितरण, ल्याब सेवा, इसिजी, आँखा परीक्षण, दन्त उपचार, हाडजोर्नी, नशारोग, थाइरोइड, स्त्रीरोग तथा अन्य विशेषज्ञ स्वास्थ्य सेवाहरू निःशुल्क प्रदान गरियो । एडमण्ड सिटी हस्पिटल बुटवल, तिनाउ डेण्टल प्रा.लि. बुटवल तथा नेत्र ज्योति संघ, जिल्ला आइ-केयर सेन्टर अर्घाखाँचीको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट दन्त सेवामा १३५ जना, नेत्र सेवामा ९५ जना र अन्य सेवासहित कुल ४५५ जनाले प्रत्यक्ष लाभ उठाए ।

 

स्वास्थ्य सेवा प्रदान गर्ने सबै विशेषज्ञ चिकित्सक तथा प्राविधिकहरूलाई समाजले मायाको चिनो प्रदान गर्दै सम्मान समेत गरेको छ, जसले स्वास्थ्यकर्मीप्रति कृतज्ञता व्यक्त गर्छ ।

अध्यक्ष पन्थीले चुनौतीपूर्ण परिस्थितिमा पनि शिविर सफल बनाउन सहयोग गर्ने सबै संस्था, स्वास्थ्यकर्मी, स्थानीय निकाय तथा समुदायप्रति आभार व्यक्त गर्दै सामूहिक प्रयासकै कारण अभियान प्रभावकारी बनेको बताए ।

कार्यक्रममा छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष मनी शर्मा पन्थी, ६ नं. वडा अध्यक्ष कमल पौडेललगायत वक्ताहरूले स्वास्थ्य शिविरले जिम्मेवार, सचेत र स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । कार्यक्रममा ५ नं. वडा अध्यक्ष बालकृष्ण पोखरेलले स्वागत मन्तव्य राखेका थिए ।

शिविरको उद्देश्य र सेवा-प्रक्रिया बारे समाजका बासुदेव पाण्डे तथा अस्पतालका विशेषज्ञ डा. केशव शर्मा र हरिबिक्रम कुँवरले विस्तृत जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक नविन पाण्डे, प्रकाश पन्थी, कार्यसमिति, सल्लाहकार, प्राविधिक तथा स्थानीय समुदायको सक्रिय सहभागितामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव विराट पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ४ : २८ बजे

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव

पृथ्वीराजमार्गको नागढुङ्गा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

मलेखु । नागढुङ्गा-मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द

एनपिएल : आज कुनै पनि खेल नहुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विश्राम

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा