२१ असार २०८३, आइतबार | July 6, 2026

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छ : मन्त्री घिसिङ



पाटन । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा देशको अर्थतन्त्र र रोजगारीमा असर परेको बताएका छन ।

नेपाल पूर्वाधार पत्रकार समाजले आज ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको संवादलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सरकारी ठेक्का लिएर समयमा काम नगर्दा देश र जनतालाई नै घाटा पुगेको उल्लेख गरे ।

“ठेक्काअनुसार काम नहुँदा विकास निर्माणमा समस्या भएको छ, नेपालको कानुनले कुनै पनि काम ठेक्का विना गर्न दिँदैन, ठेक्का व्यवस्थापन नहुँदा रोजगारी, अर्थतन्त्रमा समेत असर पर्छ,” उनले भने ।

उनले ठेक्का सम्पन्न भएपछि समयमा भुक्तानी नगर्ने र निर्णय नगर्नेलाई पनि कारबाही गर्नुपर्नेमा जोड दिए । मन्त्री घिसिङले नेपालमा लगानी सम्मेलनभन्दा पनि ठेकेदारहरुको सम्मेलन गर्नुपर्ने अवस्था रहेको धारणा राखे ।

संवादको सुरुआतमै पूर्वाधारविज्ञ एवम् पूर्वसचिव अर्जुनजङ्ग थापाले ठेक्का तोड्ने सरकारी नीति र त्यसको प्रभावका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १ : ४१ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ