२२ भदौ २०८३, सोमबार | September 7, 2026

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ



बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल बहुविबाहको आरोपमा पक्राउ परेका छन् । नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाल उनकै श्रीमतीले दिएको बहुविवाह कसुरको उजुरीका आधारमा पक्राउ परेका हुन् । नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा म्याद थपेर राखिएको छ ।

उनकी श्रीमतीको श्रीमानले बहुविबाह गरेको भन्दै उजुरी दिएपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । आफु विरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाए लगत्तै डीएसपी नेपाल आफै जिल्ला प्रहरी कार्यालय भैरहवा पुगेर गिरफ्तारी दिएको प्रहरीले जनाएको छ ।

नेपाल विरुद्ध प्रहरी संगठनकै असई पदमा कार्यरत महिला प्रहरीसँग दोस्रो विबाह गरेको आरोपमा उनकै श्रीमतीले जाहेरी दिएको बताइएको छ । प्रहरी संगठनकै कर्मचारीसँग दोस्रो विबाह भएको भन्ने उजुरी आएपछि पक्राउ पुर्जी लिएर पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए ।

नेपालमाथि ३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको उनले बताए । उनले बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको जनाउँदै उजुरीमा भनिएको प्रहरी कर्मचारीको खोजी भइरहेको बताए ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ९ : १२ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११