२७ मंसिर २०८२, शनिबार | December 13, 2025

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन



पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालन गरिएको छ । रामपुर नगरपालिकाले रु एक करोड २६ लाख लागतमा स्कुल सञ्चालनमा ल्याएको हो ।

ज्येष्ठ नागरिकलाई सम्मानसहितको सक्रिय जीवन निर्वाहसँगै संस्कार र संस्कृतिको संरक्षण, पाका पुस्ताको अनुभव र ज्ञान नयाँ पुस्तासम्म पु¥याउने उद्देश्य राखेर स्कुल सञ्चालनमा ल्याइएको नगर प्रमुख रमणबहादुर थापाले बताए । उनले भने, “सन्तानहरु रोजगारी तथा विभिन्न पेसा, व्यवसाय र पढाईको सिलसिलामा घरभन्दा बाहिर हुँदै गर्दा ज्येष्ठ नागरिक निरास जीवन जिउनुपर्ने बाध्यता छ । आफ्ना दौतरीसँग भलाकुसारी गर्दै अनुभव र ज्ञान नयाँ पुस्तामा बाँड्ने उद्देश्यका साथ स्कुल स्थापना गरेका हौँ ।”

पाकापुस्तालाई आफ्ना दौतरीसँग दिन बिताउने वातावरण स्कुलले प्रदान गर्नेछ । उनले परम्परागत संस्कार र संस्कृतिको संरक्षण गर्नु मुख्य उद्देश्य रहेको बताए । ज्येष्ठ नागरिकलाई धार्मिक प्रवचनसँगै फुर्सदको समयमा बात्ती काट्ने, दुनाटपरी बनाउनेलगायत वातावरण निर्माणसँगै बजारीकरणका लागि प्रबन्ध मिलाइएको छ ।

विद्यालयमा विषेशगरी दिउँसोको समयमा ज्येष्ठ नागरिकलाई स्कुलसम्म ल्याई पुराना संस्कार र संस्कृतिबारे नयाँ पुस्ताले अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ । स्कुलमा धार्मिक प्रवचन, भजन किर्तन, घरेलु सामग्री र यसको प्रयोग, ज्येष्ठ नागरिकका लागि दिवा खाजा, स्वास्थ्य परीक्षणसहित सन्ध्या आरतीको व्यवस्था गरिएको नगर प्रमुख थापाले बताए ।

नगरभित्रका विद्यार्थीलाई अध्ययनका लागि व्यवस्थासमेत मिलाइएको उपप्रमुख बालकुमारी थापाले बताइन् । ज्येष्ठ नागरिक स्कुलले जीवनका अनुभवलाई आपसमा साटासाट गर्नुका साथै समाजको मौलिकपनलाई पनि जीवन्त राख्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको उनले बताइन् ।

नगरपालिकाले स्कुल सञ्चालनका लागि कार्यविधि निर्माण गरी आवश्यक बजेटकोसमेत व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले बताए ।

ज्येष्ठ नागरिकलाई आउन र जानका लागि बससेवासमेत सञ्चालनमा ल्याएको छ । नगरपालिकाले बुधबारदेखि स्कुल सञ्चालनमा ल्याएको हो ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको रु एक करोड २६ लाख लागतमा स्कुल निर्माण भएको व्यवस्थापन समिति अध्यक्ष बुद्धि प्रकाश रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  १० : ४८ बजे

११ औ महाधिवेशनमा एमाले अध्यक्षले के के भने ? (पूर्णपाठ)

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनिर्वाचित सत्ता

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव : छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ

१०८ महाधिवेशन प्रतिनिधिको सूचीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको असहमति

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकलौटी माहाधिवेशन प्रतिनिधि मनोनित

रिमोट थिचेर झण्डा फहराउँदै अध्यक्ष ओलीले गरे एमालेको महाधिवेशन उद्घाटन

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन

‘अन्तरराष्ट्रिय लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र