३ पुस २०८२, बिहिबार | December 18, 2025

अन्तरिम सरकारमा चार नयाँ मन्त्री थपिए, मन्त्रिपरिषद् अब १४ सदस्यीय



काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शुक्रबार चारजना नयाँ मन्त्रीको नियुक्तिसँगै मन्त्रिपरिषद् विस्तार भएको छ । नयाँ मन्त्रीहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शुक्रबार शपथ लिएका मन्त्रीहरूमा कुमार इङ्नाम, माधव चौलागाईं, पूर्व डीआईजी राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन् । इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, चौलागाईं वन तथा वातावरण मन्त्रालयको मन्त्री बनेका छन् ।

पूर्व डीआईजी भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मा तोकिएको छ भने श्रद्धा श्रेष्ठले महिला तथा बालबालिका मन्त्रालयको नेतृत्व सम्हाल्नेछिन् । चारै मन्त्रीले शपथपछि शुक्रबार नै सिंहदरबारमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

चार मन्त्री थपिएसँगै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ४ : ०० बजे

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका एक ८३

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय